समाजउदयपुरमा १० देखि ५० प्रतिशतसम्म भाडा छुट हुने सार्वजनिक यातायात सुरु

उदयपुरमा १० देखि ५० प्रतिशतसम्म भाडा छुट हुने सार्वजनिक यातायात सुरु

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सर्वसाधारणको सुविधाका लागि खरिद गरेको बस सञ्चालनमा ल्याएको छ । जनप्रतिनिधिले आफू चढ्ने सुविधाका लागि आएको यातायात खरिद बापतको रकमबाट सार्वजनिक बस सञ्चालनमा ल्याइएको हो ।

जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद र सञ्चालन गरिएको पालिका अध्यक्ष मेजरकुमार राईको भनाई छ । ‘हामीले चढ्ने गाडी किन्ने पैसाले जनताका लागि सार्वजनिक बस किन्यौं,’ अध्यक्ष राईले भने, ‘जनताको सेवा नै हाम्रो जिम्मेवारी हो ।

पालिकाले खरिद गरेको एउटा बस चल्न थालेपछि सदरमुकाम गाईघाटदेखि लिम्चुङबुङको केन्द्र बराहस्थित राईचोकसम्म ‘रुट पर्मिट’ समेत तोकिएको छ । पालिका अध्यक्ष राईका अनुसार लिम्चुङबुङदेखि गाईघाट सम्मको दूरी ६५ किलोमिटर छ । सो रुट अन्तर्गत सञ्चालन हुने सार्वजनिक बसमा सवार बृद्धबृद्धा, अशक्त, अपाङ्ता भएकाहरूलाई आधा अर्थात् ५० प्रतिशत मात्र भाडा लिइने छ । त्यस्तै कृषक, उद्यमीहरूका लागि उत्पादन निर्यात तथा कच्चापदार्थ आर्यतमा २५ प्रतिशत भाडा छुट दिइने भएको छ ।

सो क्षेत्रका विद्यार्थीले पनि १० प्रतिशत छुट पाउने प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूले जानकारी गराए । उनका अनुसार हाल पालिकाको केन्द्रदेखि जिल्ला सदरमुकाम गाईघाटसम्मको ६५ किलोमिटर कच्ची सडक पार गर्दा ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । 

लिम्चुङबुङमा केही वर्ष अघि मात्र सडक पुगेको थियो । सडक बिस्तार भएदेखि हुने खाने वर्गले निजी साना सवारीसाधन चढ्ने भए पनि निम्न वर्गका नागरिकलाई सेवा दिन पालिकाकै लगानीमा सार्वजनिक बस खरिद गरिएको बताइएको छ । 

आफूले चढ्ने चार पाङग्रे सवारीसाधन खरिदका लागि आएको रकमले जनताका लागि सार्वजनिक बस किनेका पालिका जनप्रतिनिधिहरू स्वयं भने अहिले मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img