धर्म/संस्कृतिशुक्र अस्तका कारण दशैँका कर्म रोकिँदैन : भ्रममा नपर्न पञ्चाङ्ग निर्णायक समितिको...

शुक्र अस्तका कारण दशैँका कर्म रोकिँदैन : भ्रममा नपर्न पञ्चाङ्ग निर्णायक समितिको आग्रह

मकवानपुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्ष शुक्र अस्त भएका कारण दशैँ मनाउनु हुँदैन भनेर भइरहेको प्रचार भ्रमपूर्ण र शास्त्रविपरीत रहेको स्पष्ट पारेको छ। शारदीय नवरात्र हरेक वर्ष असोज शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा बृहस्पति अस्त हुँदैमा चाडपर्व मनाउन कुनै बाधा नपुग्ने समितिले जनाएको छ।

​सामाजिक सञ्जालमा फैलिएका अपुष्ट हल्लाको भरमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले नित्य कर्म र पर्व पूजामा अस्तको प्रभाव नपर्ने जानकारी दिए। शास्त्रीय मान्यताअनुसार विशेष कामना राखेर गरिने (काम्य) कर्मका लागि मात्र बृहस्पति र शुक्र अस्तको विचार गरिन्छ।

​समितिका अनुसार स्वीकृत पात्रोमा असोज २८ गते बुधबार दिउँसो १:४० बजे पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२:४९ बजे उदय हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार