धर्म/संस्कृतिआज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने, हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै

आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने, हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै

काठमाडाैँ । यस वर्षको नवरात्रमा तिथि घटबढका कारण दुई दिन महाअष्टमी परेकाले मंगलबार पनि महाअष्टमीकै कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले स्वीकृति दिएका पात्रोहरूमा सोमबार र मंगलबार दुवै दिन महाअष्टमी उल्लेख छ।

​पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार दसैँ घर तथा पूजा कोठामा सोमबार गरिएको महाअष्टमीको कर्म आज पनि दोहोर्‍याउनुपर्ने हुन्छ। असोज शुक्ल अष्टमीको राति गरिने मुख्य कालरात्रि पूजा भने सोमबार राति नै सम्पन्न भइसकेको छ।

​अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र नौ दिनको सट्टा दस दिन (दशरात्र) को बनेको छ। यसले गर्दा विजयादशमीका दिन टीका लगाउँदा दस रात्रिको जमरा प्रयोग हुनेछ। धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा र आराधनाका लागि एक दिन बढ्दा कुनै प्रतिकूल असर पर्दैन।

​यसैबीच, राज्यका तर्फबाट हनुमानढोका दरबारमा गरिने कालरात्रि पूजा भने पञ्चाङ्ग निर्णायक समितिको परामर्श र तलेजु भवानीका पुजारीहरूको परम्पराअनुसार आज राति मात्र गरिने भएको छ।

​हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार हनुमानढोकामा महाअष्टमीको मूल कर्म गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा गर्ने परम्परा रहेकाले आज राति पूजा गर्न लागिएको हो। हनुमानढोकाको दसैँ घरमा सोमबार महाअष्टमीको सामान्य पूजा गरिएको र मूल पूजा आजै सम्पन्न गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार