गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो।
पहिरो खसे पनि मानव बस्तीमा तत्काल कुनै खतरा नरहेको स्थानीय प्रशासनले जनाएको छ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार फराकिलो पाखो तथा जंगल क्षेत्रमा पहिरो खसेकाले बस्तीमा जोखिम नदेखिएको हो। वडा नम्बर १ का वडाध्यक्ष रामसिंह गुरुङ र स्थानीय जगत गुरुङले पनि पहिरोका कारण हाल त्यस क्षेत्रमा कुनै मानवीय वा भौतिक समस्या नभएको जानकारी दिए।


