देशगण्डकी प्रदेशगोरखाको धार्चेमा सुक्खा पहिरो

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो।

​पहिरो खसे पनि मानव बस्तीमा तत्काल कुनै खतरा नरहेको स्थानीय प्रशासनले जनाएको छ।

​धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार फराकिलो पाखो तथा जंगल क्षेत्रमा पहिरो खसेकाले बस्तीमा जोखिम नदेखिएको हो। वडा नम्बर १ का वडाध्यक्ष रामसिंह गुरुङ र स्थानीय जगत गुरुङले पनि पहिरोका कारण हाल त्यस क्षेत्रमा कुनै मानवीय वा भौतिक समस्या नभएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार