राजनीति४२७८ मत गन्दा देउवाले २०४६ मत पाए, ४०१ मत गणना बाँकी

४२७८ मत गन्दा देउवाले २०४६ मत पाए, ४०१ मत गणना बाँकी

नेपाली कांग्रेस सभापतिका लागि भएकाे चुनावकाे मतगणना अन्तिम चरणमा पुगेकाे छ । नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ ।

निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले २ हजार ४६ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १ हजार ५६८ मत पाएका छन् । यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाएका छन् ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img