देशकोशी प्रदेशभोजपुर सदरमुकाममा पानीको पाइप बिग्रदा खानेपानीको हाहाकार

भोजपुर सदरमुकाममा पानीको पाइप बिग्रदा खानेपानीको हाहाकार

दिपेन्द्र लुइँटेल पौष -७ भोजपुर । भोजपुर सदरमुकाममा खानेपानीको हाहाकार हुदा स्थानिय हरु पानीको मुहान खोज्दै धारा वा खोलातिर जान थालेका छन ।
बिगतका ३ दिन देखि जिल्ला सदरमुकाममा संगै आसपासका ठाउँहरुमा खानेपानीको समस्या आउन थालेको हो । खाने पानी मुहान देखि सदरमुकाम सम्म २ ठाउमा पाइपमा समस्या आएको कारण उपभोक्ता मारमा परेका हुन , दैनिक १० लाख लिटर हाराहारी बितरण हुँदै आएको खानेपानी बिचमा पाइपमा समस्या हुदा उपभोक्ता मारमा परेको सिलिचुङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रबिण कुमार सुवालले जानकारी दिए ।

अध्यक्ष सुवालले रिपोर्टस दीपेन्द्र लुइटेल सङ्ग कुरा गर्दै भने ” बिचमा २ ठाउमा पाइपमा ब्रेक लागेको कारण खानेपानी आपूर्तिमा ३ दिन देखि समस्या आएको हो ,हिजोनै पाइपको समाधान गरेका थियौं ,फेरि अर्को ठाउमा पाइपमा ब्रेक लागेकोले गर्दा कहाँ ,समस्या आयो लामो दुरि पहाडी बाटो पैदलमार्ग बाट हेर्नू पर्ने भएकोले पत्तालगान समस्या भएकोले ढिला भएको बताए ”

स्थानीय हरु भन्छन् खाना बनाएर खान समेत समस्या भयो ,सदरमुकाम भित्र रहेको सात धारमा समेत पानी लिन लाइन बस्नु परेको गुनासो पोख्दै आएका छन । कतिपयले ट्याक्टरमा पानीको ट्याङकी बोकि स्थानीय खोला तिर धाउन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img