देशमौसम सामान्य रहने , देशभर चिसो बढ्ने क्रम जारी

मौसम सामान्य रहने , देशभर चिसो बढ्ने क्रम जारी

काठमाडौं : आजको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा पहाडी भू–भागको एक वा दुई स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ ।

तराई भूभागमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । माैसम विभागका अनुसार अहिले सुदुरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

दिउँसो देशको गण्डकी लुम्बिनी, कर्णालीर सुदुरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।दिउँसाे पहाडी भू–भागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

सुदुर पश्चिम र कर्णाली प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको संभावना र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img