साहित्यएलिनाको मनको भाव

एलिनाको मनको भाव

तिमी फुल बनी फुलीदिनु,
सुगन्ध आफै उर्लिने छ्,
तिमी दिन रात नभनी लागि पर्नु
सफलताअ अफै चुमिने छ !

तिमी मित्रताको हात अघी बढाई त हेर
साथ दिने सहयोगी कदम कदममा पाउने छौ,
जती सजिलो कुरा गर्न हुन्छ, उति निभाउदा हुँदैन
भन्ने सजिलै थाहाँ पाउने छौ !

खुसी एक महशुस हो मित्र
जो हर कोहिको नसिबमा हुँदैन !
तिमी आफ्नो मन तन लगायर त हेर
तिम्रो झोलिमा पक्कै कम पर्दैन !

प्रेमको कुरा नगर तिमी
साथ दिने भन्दा घात गर्ने को बिगबिगी छ रे अहिले !!
सुन्दर भबिष्यको सपना देखाई
कोठी म लगेर बेचिदिनेको बिगबिगी छ रे अहिले!

शहर शहरको गल्ली गल्ली हरुमा दुलो
गाउँमा जस्तो अनुभुती कतै पाइन
गाउँ देखी आउने लाई पाखे भन्न छडिडेउ मित्र
सहयोगी मनलाई चिन्ने क्षमता हर कोहिमा छैन !

(लेखक : एलिना सापकोटा, म्याग्दी)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img