देशबागमती प्रदेशमकवानपुरबाट ४५ किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुरबाट ४५ किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुरबाट ४५ किलो लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले बिहीबार दिउँसो १ बजे मनहरी गाउँपालिका–९ बाट दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ बस्ने ४२ वर्षीय भक्तबहादुर थापा मगर र ४१ वर्षीय हिरालाल गुरुङ छन् । उनीहरूकाे साथबाट १५-१५ किलाेका तीन बाेरा गाँजा बरामद भएकाे छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पूर्व–पश्चिम लोकमार्गबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img