देशकोशी प्रदेशधरानमा चलेको गायक गायिका कन्सर्टको लहर

धरानमा चलेको गायक गायिका कन्सर्टको लहर

इटहरी / धरानमा धमाधम कन्सर्ट हुन थालेका छन् । कोरोना कहरपछि यसअघि धरानमा कुनैप्रकारका साङ्गीतिक कार्यक्रम हुन सकेन त्यसै कारण यस वर्ष भने धेरै कन्सर्ट, साङ्गीतिक कार्यक्रममा धराने दर्शक दिल खोलेर झुमे छ ।

यसअघि रविन एण्ड द न्यू रेभुलुसनले धरान तताइसकेको छ छ भने अहिले पनि धमाधम कन्सर्ट भइरहेका छन् । यसैबीच शनिबार राति युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारीले धरानका दर्शक झुमाएका छन् ।

शनिबार धरानस्थित पब्लिक हाइस्कुलमा आयोजित कन्सर्टमा अधिकांश युवापुस्ताहरुको उपस्थिति थियो । २ सय रुपैयाँ गेट पास राखिएको कार्यक्रममा रचनाको गीत शुरु हुन थालेको थियो ।

दर्शकले पब्लिक स्कुलको खेल मैदान टम्म भरिएको थियो । ‘हैट दर्शक त आए’, आयोजक संस्था सिल्भर इन्टरटेन्टमेण्टका सौरभ श्रेष्ठले भने, ‘कोरोना कहरपछिको यतिको दर्शक पहिलोपल्ट हो ।’ उनका अनुसार यसअघि पनि सिल्भरले नै कन्सर्ट आयोजना गरेको थियो ।

‘नेपाल आइस मनोरन्जन धमाका २०२२’ नाम दिइएको कन्सर्टमा तीन कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिए । साँझ साढे पाँच बजेदेखि हुने भनिएको कार्यक्रम करिब साढे ७ बजे मात्रै शुरु भएको थियो ।

यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता अस्मिता अधिकारीले पनि आधुनिक, पप तथा फिल्मी गीत गाएर दर्शक झुमाइन् । नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी रचना रिमालले फोटो फिरिममा, उनको प्रित लगायतका गीत गाइन् ।

कार्यक्रममा विभिन्न आकर्षक नृत्य समेत प्रस्तुत भयो । नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाइन टिभी, बराह ग्रप, एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको विशेष सहयोग रहेको थियो । भब्य साउण्ड र लाइटसहितको कन्सर्टमा सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो । यो खबर हाम्रो कोशी आवाजमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img