देशकोशी प्रदेशखोलाले बगाउँदा एक जनाको मृ'त्यु

खोलाले बगाउँदा एक जनाको मृ’त्यु

सुनसरी : पाँचथरको तुम्बेवा गाउँपालिका-१ रातमाटेका २९ बर्षीय इन्द्र बहादुर बुढाथोकीको खोलाले बगाएर मृ´त्यु भएको छ । शनिवार बिहान तमोर खोलामा नुहाउन गएका बुढाथोकीलाई खोलाले बगाउँदा बेपत्ता भएका थिए ।

प्रहरीले घटनाको जानकारी पाए लगत्तै खोजतलासको लागी अस्थाई प्रहरी चौकी नयाँखोलाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा ४ किलोमिटर तल बुढाथोकीखोलामा शव फेला परेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img