Wednesday, January 15, 2025
कृषीदूधको मूल्य प्रतिलिटर साढै नौ रुपैयाँ बढ्यो

दूधको मूल्य प्रतिलिटर साढै नौ रुपैयाँ बढ्यो

काठमाडौं- सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ ।

यसअघि २०६७/६८ देखि २०७८ सम्मको १० वर्षमा ७ पटक दूधको मूल्य बढाइएको छ । २०६७/६८ मा किसानले प्रतिलिटर दूधको मूल्य ३४ रुपैयाँ ६८ पैसा र उद्योगीले ४८ रुपैयाँ पाउने गरी बढाइएको थियो ।

गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो ।

यसपटक किसानका लागि कम्तीमा ७ रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले ९ रुपैयाँ १ पैसा बढाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img