Monday, January 13, 2025
कृषीधनकुटामा पहिलोपटक माटो परीक्षण सुरु

धनकुटामा पहिलोपटक माटो परीक्षण सुरु

धनकुटा / कृषि सुधारका लागि धनकुटा जिल्लामै पहिलो पटक माटो परीक्षण सुरु गरिएको छ ।

धनकुटाको भेडेटारस्थित साँगुरीगढी गाउँपालिकाले कृषकको आयआर्जनमा सहयोग पुर्‍याउनका लागि पहिलो पटक माटो परीक्षण कार्य सुरु गरेको हो।

गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिका क्षेत्रको माटोमा कुन बाली लगाउन उपयुक्त हुन्छ, कृषकलाई सोही बाली लगाउन प्रेरित गराउनका लागि परीक्षण अघि बढाएको जानकारी दिए ।

अध्यक्ष रुम्दालीले माटो परीक्षणका लागि प्रयोशाला स्थापना गरी कृषकलाई निःशुल्क सेवा दिइएको बताए। प्रयोगशालाबाट देखिएको नतिजाअनुसार कृषकले आफ्नो बारीमा व्यावसायिक खेती लगाउन सक्ने र अपेक्षाकृत उत्पादन गर्न सक्ने उनको भनाइ छ ।

माटो परीक्षणका क्रममा माटोमा देखिने अम्लियपन, प्राङ्गारिक अवस्था, नाइट्रोजन, पोटास, फोस्फोरस र छारेपनलगायतको अवस्था जाँच्ने र सोहीअनुसार सुधार गर्न सिफारिस गरिने गाँउपालिकाको कृषि शाखाले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img