काठमाडौं । पेट्रोलियम पदार्थमा फेरी मूल्यवृद्धि गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा अझै मूल्य बढाउनुपर्ने बाध्यता भएको जानकारी दिएका हुन् ।
सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले रुस–युक्रेन यु द्धले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको बताए । सोही कारण नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।
“पेट्रोलियम आपूर्तिमा असहज स्थिति उत्पादन भएको अवगत नै छ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धि भएको छ । त्यसैले नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता छ,” कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बडूले बैठकमा भने, “महँगीका कारण उपभोक्तामा असर परेको छ । पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने हाम्रो प्रयास जारी छ ।”
यो पनि, सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा भरतमणि पाण्डे आएसँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । प्रजिअ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँबाट सो सवारी साधन नियन्त्रणमा लिएको हो ।
जिल्ला भित्र सरकारी नम्बर प्लेटका सवारी साधनहरू पास बिना चलाइएको पाएपछि विभिन्न ठाउँमा चेकजाँच गरेका थियौ । दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे १९ वटा सवारी साधनहरूलाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
उनीहरूलाई पहिलो पटक सचेत गराइएको र अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारी बाट पास लिएर मात्र सार्वजनिक बिदाको दिन चलाउन हुन अनुरोध गरिएको प्रवक्ता पौडेलले भने । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाका दिन प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन गर्न नपाउने व्यवस्था छ ।