अर्थ व्यापारभृकुटीमण्डपमा ६ लाखमै कार !

भृकुटीमण्डपमा ६ लाखमै कार !

spot_img

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सेकेन्ड ह्याण्ड कार मेला सुरू भएको छ । क्यासअन ह्वीलको आयोजनामा भइरहेको अटो एक्स्पो दशैं कार मेलामा ग्राहकले छानेर सेकेन्ड ह्याण्ड कारहरू किन्न सक्नेछन् ।

दशैंलाई लक्षित गरेर आयोजना गरिएको यो कार मेलामा विभिन्न ब्रान्डका नयाँ तथा पुराना कारको प्रदर्शनी तथा विक्री भइरहेको छ । यो मेलामा आफ्ना पुराना कार विक्री गर्नु परेमा वा आफूले खरिद गर्नु परेमा सबै प्रकारका सेवा एकै स्थानमा उपलब्ध रहेको आयोजक क्यास अन ह्वीलले बताएको छ ।

यो कार मेलामा ग्राहकले आफ्नो कारको मूल्य आफैले नै तोक्न सक्नेछन् भने क्यास अन ह्वीलका इन्जिनीयरहरूले कारको परीक्षण गरेर मूल्य सही भए/नभएको एकीन गर्नेछन् ।

‘हामीले नेपालमा नै पहिलो पटक यसरी खुल्ला स्थानमा सेकेन्ड ह्याण्ड कारहरूको मेला आयोजना गरेका छौं । यहाँ किन्न मात्र होइन आफूसँग भएको पुराना कार विक्रीका लागि प्रदर्शन समेत गर्न सकिन्छ । यसका लागि ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो कार यहाँ मेलामा ल्याएर हामीकहाँ दिनुभयो भने हामीले निःशुल्क रूपमा कारको परीक्षण गरेर उचित मूल्याङ्कनमा विक्री गरिदिने प्रवन्ध मिलाएका छौं,’ क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले मेरो अटोसँग भने ।

यो कार मेलामा १०० भन्दा धेरै पुराना कार हेरक दिन आउने प्रधानले बताए । ‘खास गरेर आफूसँग भएको पुरानो कार बेच्न चाहाने तर आफूसँग समय अभावका कारण विक्री गर्न नसक्नु भएका ग्राहकहरूलाई कुनै झन्झट बिना नै कार विक्री गर्न सक्ने गरी व्यवस्था मिलाएका छौं । यदि कसैले आफ्नो कार विक्री गर्न चाहेमा ग्राहकले कार हामी कहाँ ल्याएर दिनुभएपछि हामीले सबै डिटेल प्रिन्ट गरेर कारमा नै राखि दिन्छौ र सोहि अनुसार किन्न चाहाने ग्राहकले टेष्ट ड्राइभ गरेर किन्न सक्छन्’ प्रधानले भने । यो मेला अवधिभर सबै सेवा निःशुल्क दिँदै आएको उनले जानकारी दिए ।

यो कार मेलामा ग्राहकले आफ्नो कारको मूल्य आफैंले नै तोक्न सक्नेछन् भने क्यास अन ह्वीलका इन्जिनीयरहरूले कारको परीक्षण गरेर मूल्य सही भए न भएको एकीन गर्नेछन् ।

प्रधानका अनुसार यो अटो एक्स्पो दशैं कार मेलामा ६ लाखदेखि १ करोडभन्दा माथिका कार उपलब्ध रहेको छ । हरेक दिन अन्य कारहरू प्रदर्शनीमा आउने छ र ग्राहकले आफ्नो आवश्यकता अनुसारका कार यहाँ पाउने छन् । निसानका केही कारहरू ६ लाखदेखि नै उपलब्ध रहेको छ भने हुन्डाईका कार ८ लाखदेखिका उपलब्ध रहेको छ ।

यो मेला १४ गते शुक्रबारसम्म संचालन हुनेछ । उक्त मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने आयोजकले बताएको छ ।यो मेलामा सुजुकी, फोर्सको गुर्खा, क्रसफायर, प्योर इभी, डीएफएसके लगायत ब्रान्डका नयाँ सवारीसाधनहरू समेत प्रदर्शनीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img