Monday, April 28, 2025
राजनीतिम पार्टीसँग सम्पर्क मै छु- भीम रावल
spot_img

म पार्टीसँग सम्पर्क मै छु- भीम रावल

काठमाडौँ — एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् ।

आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागीसमेत भएको उनले बताएका छन् । उनले यसबारे आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत जानकारी गराएको उल्लेख गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ का लागि एमालेबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका रावलले लेखेका छन्, ‘म ‘पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो।म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ।यो बारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ।म सम्पर्कविहीन भन्नु हास्यास्पद ।’

केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले रावल अछाम- १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा एकल सिफारिस भएकोप्रति पार्टीको सुदूरपश्चिमका नेताहरूसँग चासो व्यक्त गरेका थिए । प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीले भेटमा अध्यक्ष ओलीले रावलको सिफारिसबारे चासो व्यक्त गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img