Saturday, December 7, 2024
अर्थ व्यापारबाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन भोलि अन्तिम दिन रहेको छ ।

सिडिएस क्लियरिङ्गका अनुसार १० लाख ५९ हजार ७७१ जना आवेदकले ९९ लाख ३८ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । यो आईपीओमा सर्वसाधारणलाई माग गरिएकोभन्दा २० गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले पहिलो चरणमा मङ्सिर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता सेयरमध्ये २७ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदकले यो सेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img