अर्थ व्यापारबढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ ।

भारतीय आयल कर्पोरेसन तथा नेपाल सरकारलाई तिर्नुपर्ने दायित्व रकम अझै १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img