Monday, April 28, 2025
समाज५३ वर्षीया सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद, नाति सम्मानित
spot_img

५३ वर्षीया सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद, नाति सम्मानित

अछाम – अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ । पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो ।

अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०–५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ ।

भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले फेसबुकमा हालेपछि सोही आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । अछाम प्रहरीले भदौ २० गते अपमान तथा अमानवीय व्यवहारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। अछाम जिल्ला अदालतले दुवै जनालाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

पीडित जयसरालाई कुटपिट गरिरहेको भिडियो खिचेर फेसबुकमा हाल्ने पीडितका नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई भदौ १० गते जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img