Tuesday, July 8, 2025
अर्थ व्यापारजर्मनबाट कामदारको माग, श्रम सम्झौता गर्दै सरकार

जर्मनबाट कामदारको माग, श्रम सम्झौता गर्दै सरकार

spot_img

काठमाडौं: सरकारले श्रम सम्झौता गरेर वैदेशिक रोजगारीमा कामदार पठाउने तयारी गरेको छ । जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव भएसँगै नेपाली श्रमिकलाई रोजगारीमा लिन त्यहाँको श्रम तथा रोजगार मन्त्रालयले औपचारिक प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जर्मनले ट्रेनिङसँगै रोजगारी दिनेसमेत प्रस्ताव गरेको श्रम मन्त्रालयले जानकारी गराएको दियो । सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । मन्त्रिपरिषद्बाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुने र श्रम सम्झौता भएपछि नेपाली कामदार लैजाने बाटो खुल्ने मन्त्रालयले जनाएको छ । जर्मन वार्षिक दुईदेखि तीन हजार कामदार पठाउन सकिने श्रम मन्त्रालयले जनाएको छ । त्यहाँ रोजगारीमा जाने कामदारको मासिक कमाइ दुई लाख रुपैयाँसम्म हुने अनुमान श्रम मन्त्रालयको छ ।

-सूचना-

सामाजिक सुरक्षा र मानव अधिकारको दृष्टिकोणले समेत राम्रो रहेको जर्मनमा नेपाली कामदारहरूले सीपसँगै राम्रो पुँजीसमेत ल्याउन पाउने मन्त्रालयको विश्वास छ । जर्मनले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदारसरह तलब तथा सेवा-सुविधा उपलब्ध गराउने श्रम मन्त्रालयको भनाइ छ । खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएकोमा अब सरकारले विकल्प खोज्न थालेको छ । युरोपेली देशहरूसँग सम्झौता गरेर नेपाली श्रमिक त्यतातिर पठाउनतिर लागेको श्रम मन्त्रालयले जनाएको छ । प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपंक्तिमा रहेको जर्मनीसँग सम्झौता गरेर कामदार पठाउँदा फाइदा श्रम मन्त्रालयको विश्वास छ । हाल जर्मनमा पाँच हजारभन्दा धेरै नेपालीहरू रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ । जर्मन अध्ययनका लागि पुगेका नेपालीहरू उतैै रोजगारी गर्दै बस्ने गरेका छन् । जर्मन पछिल्लो समय नेपालीहरू अध्ययनका लागि पनि जाने गरेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img