Saturday, July 19, 2025
अर्थ व्यापारभोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ल्यायो ५२ करोड ५७ लाख ९२ हजार बजेट

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ल्यायो ५२ करोड ५७ लाख ९२ हजार बजेट

spot_img

सुनसरी: भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चौधौं गाउँसभाको अधिवेशनमा ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रूपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट टेम्केमैयुङ गाउँपालिका सभाकी उपध्याक्ष रमादेवि राईले बजेट प्रस्तुत गरेकी हुन् ।

सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् ।

- Advertisement -

“कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार” भन्ने मुल नाराका साथ टेम्केमैयुङ गाँउपालिकालाई पूर्वाधार विकास अन्तर्गतका सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्र, व्यापार, खेलकुद लगायतका माध्यमबाट आर्थिक, सामाजिक- तथा सांस्कृतिक, खानेपानी , सामुदायिक विद्यालय , प्रविधि विकास ,सामाजिक विकास ,अपाङ्गता, जेष्ठ नागरिक, ,संस्कृति ,भाषा कला , साहित्य ,वन वातावरण तथा सरसफाइ , सुचना संचार , यातायात तथा भौतिक पूर्वाधार निर्माण लगाएत क्षेत्रमा विकास निर्माण गर्ने लक्ष्य रहेको सभाकी उपाध्यक्ष रमादेवी राईले प्रस्तुत गरेकी हुन् ।

सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाको आम्दानीको दायर कमजोरसँगै केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा समस्या भएको गाउँपालिका सभा अध्यक्ष सरोज बस्नेतले बताए । स्थानीयबाट धेरै योजनाको माग भएपछि माग अनुसारको योजना सञ्चालनमा कठिनाई भएकाले जनप्रतिनिधिहरुले जनताको गालि खानुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष बस्नेतको भनाइ छ ।

सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय सन्दिप न्यौपानेले प्रस्तुत बजेटमा जानकारी दिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img