Sunday, July 13, 2025
अर्थ व्यापारइटहरी उपमहानगरपालिका १३ औं नगर सभा बैठकमा नीती तथा कार्यक्रम र बजेटमाथी...

इटहरी उपमहानगरपालिका १३ औं नगर सभा बैठकमा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल

spot_img

सुनसरी : इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभा बैठकमा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल भएको छ ।

१३ औं नगर सभामा विनियोजन विधयेक २०८० उप-प्रमुख संगिता कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् । नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थिति नगर सभा बैठक भएको हो ।

हिजोआज नगरको १३२ औं कार्यपालिकाको बैठकले पास गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसुचि समावेश गरेर नगर सभा बसेको हो । नगरसभा १६ जनाले सदस्यहरूले आ-आफ्नो धारणा र वडाका समस्या इटहरी समस्या व्यक्त गरेका थिए ।

हिजो भएको कार्यपालिका बैठकमा पूर्ण खोप पालिका घोषणा सम्बन्ध , भूमिहीन सुकुम्बासी / अव्यवस्थित बसोवासी सेवा केन्द्र विषय ,आन्तरिक नियन्त्रण सम्बन्धि कार्यविधि विषय , घर नक्सा निर्माण सेवा कार्यविधि, लेखा समिति गठन र सन्चालन नियमावली ,कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन , जग्गा फिल्ड नापजाँच प्रतिवेदन ,आर्थिक सहयोग ,प्राविधिक ल्याब सामान जस्ता विषयमा कार्यपालिकाका सदस्यहरू बिचमा बैठकमा छलफल भएको थियो ।

त्यसैगरी, आम संचार माध्यममा लोककल्याणकारी सुचना वितरण ,दररेट स्वीकृत गर्ने विषय , खुल्ला व्यामशाला सामाग्रीको दररेट , प्राबिधिक ल्याव सामानको दररेट, कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन विषय ,सहकारी नियमावली, कार्यविधि र मापदण्ड , अदालतको फैसला विषय , जग्गाको फिल्ड नापजाँच प्रतिवेदन सम्बन्धमा , आर्थिक सहयोग सम्बन्धमा, वडा नं. ६ वडा सदस्य रमला तामाङ्ग उपचार , वडा नं. १५ को गोवर्धन चौधरीको घर गोठ आगलागी ,बिबिध विषयमा बजेट पास भएको हो ।

अर्थ विधेयक २०८० र न्यायिक समितिको वार्षिक प्रतिवेदन भोलि प्रस्तुत हुने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img