काठमाडौं- सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द भएको छ। १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म ११७ अंकले बढ्दै २०७८ अंकमा पुगेको छ।
प्रि-ओपनिङको समयमा १५ अंकले बढेको बजार केही मिनेटमा नै पहिलो सर्किट लागेको थियो। त्यसपछि खुलेको बजार पुनः ४ प्रतिशतमाथि बढ्दै दोस्रोपटक सर्किट लागेर बन्द भएको थियो। यसैगरी खुलेको बजार एक मिनेट पनि टिक्न नसक्दै तेस्रोपटक सर्किट लागेर बन्द भएको हो।
६ प्रतिशतले बढेको बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच भएको छ। आज २३२ कम्पनीको सेयर कारोबार भएकोमा दुई कम्पनी बाहेक सबैको सेयर मूल्यमा वृद्धि भएको छ।
बजार उत्साहको कारण नयाँ राजनीतिक सत्ता समीकरणको चर्चा रहेको बताइएको छ।