काठमाडौं | नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले घटाएको छ। आयल निगमका अनुसार काठमाडौं उपत्यकामा अब डिजेल र मट्टितेल प्रतिलिटर १५९ रुपैयाँमा पाइने भएको छ।
निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। तर पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। यसैगरी हवाई इन्धनको मूल्य पनि परिवर्तन भएको छ। हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलो ७ अमेरिकी डलरले बढेको छ।
नयाँ मूल्यसूची बुधबार विहान १ बजेदेखि लागू हुनेछ। पेट्रोलियम पदार्थको मूल्य समायोजन निगमले अन्तर्राष्ट्रिय बजारमूल्य र विनिमयदरको आधारमा गर्दै आएको छ।



