Saturday, May 17, 2025
समाजमधेशमा अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित
spot_img

मधेशमा अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित

spot_img

सर्लाही | मधेशको जनजीवन अत्यधिक गर्मीले प्रभावित भएको छ। विशेषगरी बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बैशाख महिना शुरू भएसँगै मधेश प्रदेशमा चालिस डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहन थालेपछि विद्यालयहरूले पठनपाठनको समय परिवर्तन गर्नुपरेको छ भने केही विद्यालयहरू बन्द नै गर्नुपरेको छ।

सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्मका लागि आफ्ना सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मीले बालबालिकाहरूको स्वास्थ्यमा नकारात्मक असर पार्न थालेपछि पालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू शनिवारसम्म बन्द गर्ने निर्णय भएको हरिवन नगरपालिकाका शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले बताए।

अर्कोतिर, पर्साको वीरगंज महानगरपालिकाले विद्यालयहरूको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ। अत्यधिक गर्मीले कक्षाकोठाहरू तातो हुने र कतिपय विद्यालयहरूमा जस्ताको छानो हुँदा बालबालिकाहरूलाई कठिनाइ हुने भएकाले बिहानको समयमा कक्षा संचालन गर्न महानगरपालिकाले सुझाव दिएको हो।

पूर्वाह्नको १० बजेनभित्रै कक्षाकोठाहरूमा तातो हावा पस्न थाल्ने र सबै विद्यालयहरूमा बालबालिकाहरूलाई शीतल पानी र पंखा उपलब्ध गराउन नसकिने भएकाले गर्मी चर्किनुअघि नै विद्यार्थीहरूलाई घर पठाउने गरिएको छ।
मधेशका धेरैजसो विद्यालयहरूले बैशाखदेखि नै असार महिनासम्म बिहानी सत्रमा पठनपाठन गर्ने गर्दछन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img