Friday, June 13, 2025
अर्थ व्यापारसुनको मूल्यवृद्धि: उपभोक्ता र व्यवसायी दुवै चिन्तित

सुनको मूल्यवृद्धि: उपभोक्ता र व्यवसायी दुवै चिन्तित

spot_img

काठमाडौं | सुनको बढ्दो मूल्यले नेपाली बजारमा हलचल मच्चाएको छ। हालै एक तोला गहनाको मूल्य १ लाख ६८ हजार रुपैयाँ नाघेको छ, जसले उपभोक्ता र व्यवसायी दुवैलाई चिन्तित बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको कच्चा मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ। तर गहना बनाउँदा ज्याला, जर्ती र मुनाफा जोड्दा उपभोक्ताले झन्डै २२ हजार रुपैयाँ बढी तिर्नुपर्ने अवस्था छ।

-Ads-

“अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकै कारण हाम्रो बजारमा पनि असर परेको हो,” महासंघका महासचिव किरणभाइ वज्राचार्यले बताए। “विश्व बजारमा प्रतिऔंस सुनको मूल्य २५०० डलर नाघ्न सक्ने अनुमान छ।”

यस बीच, उपभोक्ता अधिकारकर्मीहरूले गहना बजारमा नियमनको अभाव रहेको र मूल्य निर्धारणमा पारदर्शिता नभएको गुनासो गरेका छन्। “गहना बजारमा ठगी बढेको छ। मूल्य र गुणस्तरको तत्काल नियमन हुनुपर्छ,” उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने।

केही व्यवसायीहरूले भने मूल्य घटाउने प्रयास गरेका छन्। रिद्धिसिद्धि ज्वेलर्सले गहनाको ज्याला १२ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ। तर यस कदमले अन्य व्यवसायीहरूको विरोध निम्त्याएको छ।

सरकारले हालै सुन आयातमा भन्सार दर २० प्रतिशत पुर्‍याएको छ, जसले गर्दा मूल्यमा थप वृद्धि भएको छ। यस परिस्थितिले गर्दा सुन बजारमा अनिश्चितता बढेको छ, र आगामी दिनमा मूल्य झनै बढ्ने आशंका व्यक्त गरिएको छ।

उपभोक्ता र व्यवसायी दुवैले सरकारसँग उचित नीति र नियमनको माग गरेका छन्, जसले गर्दा बजारमा स्थिरता आउन सकोस्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img