धर्म/संस्कृतिचैत २४ गते बन्दैछ बुद्धादित्य योग, यी ५ राशि हुनेलाई मनग्य धन...

चैत २४ गते बन्दैछ बुद्धादित्य योग, यी ५ राशि हुनेलाई मनग्य धन लाभ हुनेछ

काठमाडौं :

मीन राशिमा बुध र सूर्यको संयोगले चैत २४ गते बुद्धादित्य योग बनिरहेको छ । चैत १५ गते सूर्य मीन राशिमा प्रवेश गरेको थियो भने अब चैत २४ गते बुध पनि यस राशिमा प्रवेश गर्दैछ । अप्रिलसम्म दुवै ग्रह मीन राशिमा सँगै रहनेछन्। मीन राशिमा बुद्धादित्य योग बनाउँदा पाँच राशिका मानिसलाई फाइदा हुने ज्योतिषीहरुको भनाइ छ । यी ५ भाग्यशाली राशिहरु कुन–कुन हुनेछन् जानौँ ।

वृष राशिका– व्यक्तिको आयआर्जनमा वृद्धि हुने सम्भावना छ । यस राशिका मानिसहरु आर्थिक रुपमा बलियो हुनेछन् । करिब १५ दिनसम्म विभिन्न स्रोतबाट पैसा आइरहने छ । व्यापारी वर्गले पनि विशेष लाभ प्राप्त गर्नेछन्।

मिथुन– सूर्य-बुधको कृपाले मिथुन राशिका व्यक्तिहरूलाई पनि धेरै फाइदा हुनेछ। नोकरी तथा व्यवसायमा परेका समस्या हट्नेछन् । आम्दानीमा बृद्धि हुनुका साथै उन्नतिको नयाँ बाटो खुल्नेछ । अचानक धन प्राप्ति हुनेछ र खर्च पनि नियन्त्रणमा रहनेछ।

कर्कट – कर्कट राशिका व्यक्तिहरुको पनि बुद्धादित्य योगले भाग्यशाली रहनेछ । यस राशिका व्यक्तिहरुलाई हरेक काममा सफलता मिल्नेछ । यसैबीच विदेश जाने सपना पनि पूरा हुनसक्छ । कर्कट राशिका लागि १५ दिनको यो अवधि निकै शुभ मानिन्छ ।

कुम्भ – मीन राशिमा बुद्धादित्य योगको निर्माणले कुम्भ राशिका व्यक्तिहरूलाई आर्थिक रूपमा बलियो बनाउनेछ। ऋणमा दिएको पैसा फिर्ता गर्न सकिनेछ । बोलीमा संयम राख्नाले सम्बन्धमा मधुरता आउनेछ । इष्टमित्र तथा आफन्तजनको सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img