Wednesday, April 30, 2025
देशकोशी प्रदेशव्यक्तिका नाममा रहेका हातहतियार बुझाउन झापा प्रशासनको आग्रह
spot_img

व्यक्तिका नाममा रहेका हातहतियार बुझाउन झापा प्रशासनको आग्रह

सुनसरी | आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले झापा जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातह’तियार बुझाउन आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाएर सम्पन्न गर्न सो हातहति’यार नजिकको प्रहरी एकाईमार्फत् जिल्ला प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना जारी भएको १५ दिनभित्रमा सबैले आफूसँग भएका हातह’तियार बुझाउन आग्रह गरेका छन् । उनले सो हातहति’यार निर्वाचन सम्पन्न भएपश्चात् पछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img