Friday, March 28, 2025
धर्म/संस्कृतिआज साउनको पहिलो सोमबार, पाँच वटा सोमबार परेको साउन महिना यसकारण झनै...

आज साउनको पहिलो सोमबार, पाँच वटा सोमबार परेको साउन महिना यसकारण झनै विशेष

काठमाडौं । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।

साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img