काठमाडौं : तपाईको साउन महिना कस्तो रहनेछ ? निकै राम्रो छ यी राशिको, हेर्नुहोस् मासिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
एकसाथ अनेक काम प्रारम्भ हुनेछन्। तर उच्च महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। सानो कमजोरीले निकटजनहरू टाढिन सक्छन्, सजग रहनुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई भने शुभचिन्तकहरूले साथ दिनेछन्। महिनाको उत्तरार्धमा परिस्थिति अनुकूल बन्नेछ। मिहिनेत गर्दा कृषि र भूमिबाट राम्रै लाभ मिल्नेछ। परिस्थितिले व्यावसायिक कामतर्फ अग्रसर गराउनेछ। प्रयत्न गर्दा अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले सफलताको उपलब्धि प्राप्त हुनेछ। सेयर तथा व्यापारमा सामान्य लाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
यो महिना निकै लाभदायक रहनेछ। पहिलेका समस्या समाधान हुनेछन् र नयाँ काम प्रारम्भ हुनेछ। नोकरी तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुने बलियो सम्भावना देखिन्छ। उद्योगधन्दा फस्टाउनेछ। सम्भावनाका नयाँ ढोकाहरू खुल्नेछन् र आर्थिक पक्ष सबल बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। तर महिनाभरि अधिक खर्च, धनमाल हराउने, उपकरण बिग्रने, चोटपटक लाग्ने आदि व्यवधान पनि आउन सक्छन्। विलासी वस्तुका लागि केही रकम खर्च हुन सक्छ। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग प्राप्त भइरहनेछ। र परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। सानो प्रयत्नले जीवनशैलीमा सुधार आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):
अवसरका लागि संघर्ष गर्नुपरे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा केही मन्दी आए पनि नियमित आम्दानी भइरहनेछ। तर सामान्य कामलाई समेत निकै प्रयत्न गर्नुपर्ने देखिन्छ। अभिव्यक्तिको लय कठोर बन्नाले आफन्त टाढिन सक्छन्। मौसमी प्रभावले नाक, कान तथा घाँटीको समस्या आउन सक्छ। अध्ययनमा पनि धेरै समय जुट्न नसकिएला। महिनाको उत्तरार्धमा भने स्थितिमा सुधार आउनाले विभिन्न अवसर जुट्नेछन्। कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। मनग्य आर्थिक लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। आयस्रोत सबल देखिए पनि भोगविलासले खर्च निम्त्याउनेछ। तापनि परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लाग्नेछ। हिम्मतले लक्ष्यमा पुर्याउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। राजनीति तथा नोकरीमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा नयाँ काम प्रारम्भ गर्न सकिनेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यापार तथा सेयरतर्फ फाइदा हुनेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
खर्चिलो काम थाल्नाले महिनाभरि अर्थअभाव देखापर्नेछ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ। परिस्थितिवश केही कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। यन्त्र, उपकरण र विलासी वस्तुमा खर्च बढ्ने समय छ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। सरकारी कामकाजमा विलम्ब हुनेछ र जरिवानाको भागीदार बन्नुपर्ने अवस्था आउन सक्छ। पाउमा चोटपटकको सम्भावना देखिएकाले हतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता दिलाउनेछ। महिनाको उत्तरार्धमा आम्दानी र खर्चको सन्तुलन बिग्रन सक्छ। पहिलेको लगानी समेत जोखिममा पर्ने सम्भावना छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। परिस्थितिसँग केही संघर्ष गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
यस महिनामा कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। सुरुको असावधानीले जोखिम निम्त्याउन सक्छ। चोटपटकको योग देखिएकाले साधन चलाउँदा सजग रहनुहोला। पुरानो विवाद सुल्झाउन केही समय लाग्न सक्छ। तापनि मिहिनेत गर्दा महत्त्वाकांक्षी काम बन्नेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। नयाँ काम वा नोकरी प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यापार तथा सेयरतर्फ फाइदा हुनेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। आम्दानी बढ्नेछ। रोकिएको रकम समेत हातलागी हुनेछ। दिगो जग बसाउने अवसर समेत प्राप्त हुनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। घर–गृहस्थीमा मन रमाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
यो महिनामा गरिएको कर्मसाधनाले लक्ष्यमा पुर्याउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। अध्ययनमा प्रगति हुनेछ। राजनीतिक प्रभाव बढ्नेछ भने समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। घर–गृहस्थीमा भने केही समस्या आउन सक्छन्। जीवनसाथीको स्वास्थ्य कमजोर बन्ने तथा अप्ठ्यारो समयमा पनि घरमा समय दिन नसकिने अवस्था रहनेछ। आत्मीयजन टाढिन सक्छन् र प्रेममा समेत असमझदारी बढ्नेछ। महत्त्वाकांक्षाले केही व्यावहारिक समस्या निम्त्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
यो महिना केही संघर्षमय रहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसायतर्फ सोचेको फाइदा नहुन सक्छ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी महसुस हुनेछ। परिवारिक असमझदारीले पनि काममा अवरोध निम्त्याउन सक्छ। तापनि अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। नयाँ काम थाल्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउन सकिनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि धार्मिक तथा सामाजिक क्रियाकलापमा संलग्नता बढ्नेछ। महिनाको उत्तरार्धमा स्थिति अनुकूल हुनेछ र आयस्रोत सबल बन्नेछन्। व्यापारमा सामान्य फाइदा भइरहनेछ। व्यवहार संघर्षमय रहे पनि रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
स्वास्थ्य कमजोर बन्ने र आलस्य बढ्ने समय छ। परिवारिक असमझदारीले काममा अवरोध निम्त्याउन सक्छ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसायतर्फ सोचेको फाइदा नहुन सक्छ। नियमित काममा पनि व्यवधान हुने ग्रहयोग छ। समयमा लाभांश नउठ्ने, खर्च बढ्ने र आम्दानी रोकिने हुँदा अर्थ अभाव देखापर्न सक्छ। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्नेछ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने समय छ। पाउमा चोटपटकको योग देखिएकाले साधन चलाउँदा होसियार रहनुहोला। वैधानिक प्रावधानले महत्त्वाकांक्षी काम रोकिन सक्छ। नयाँ काम गर्न नसकिए पनि पहिलेको शाख जोगाउन सकिनेछ, प्रयत्न गर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
समयको मागअनुसार काम गर्न नसक्दा व्यवहारमा पछि परिनेछ। उच्च महत्त्वाकांक्षाले उपलब्धिको मार्ग संकुचित बन्न सक्छ। हस्तक्षेप गर्ने बानीले घर–गृहस्थी अशान्त रहनेछ भने हठ गर्ने बानीले शुभचिन्तकहरू टाढिनेछन्। बलजफ्ती गर्ने कार्यशैलीले सहयोगी र साझेदार पछि हट्नेछन्। सोखले फजुल खर्च निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। उद्योगतर्फ महिनाको पूर्वार्धमा र व्यापारतर्फ उत्तरार्धमा लाभ हुनेछ। कामले वादविवाद निम्त्याए पनि आर्थिक स्थितिमा सुधार आउनेछ। टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ। मित्रता र प्रेमको बन्धन कमजोर हुनेछ। र, अरूका विषयमा चासो राख्ने बानीले वादविवाद निम्त्याउनेछ। सानो कमजोरीले लोकप्रिय छवि धूमिल बन्न सक्छ, सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
केही काम दोहोर्याउनुपरे पनि यो महिना लाभदायी रहनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान हट्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। सेयर तथा सट्टापट्टा सम्बन्धी कामले फाइदा दिलाउनेछ। लगानी बढाउनुपरे पनि नयाँ कार्यको थालनी हुनेछ। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। पहिलेको सफलताले नयाँ क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। साझेदारीमा लाभ हुनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन्। शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। विवादास्पद अभिव्यक्तिले लोकप्रिय छवि धूमिल बन्न सक्छ। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। तापनि मिहिनेतले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ। सन्तान र सहयोगीका माध्यमबाट लाभ उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार भइनेछ। घर–गृहस्थी सुखद रहनेछ। पूर्वार्धमा सोखले खर्च निम्त्याउनेछ भने उत्तरार्धमा अधिक परिश्रम वा मौसमी समस्याले स्वास्थ्य कमजोर बन्नुका साथै उत्साहमा कमी आउनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन भने सकिनेछ।