काठमाडौँ । आज श्रावणको दोस्रो सोमबार । विहानै भगवान शिवजीलाई दर्शन गरिसक्नु भयो । आज शिवजीको विशेष पूजा गरिने परम्परा छ ।
शास्त्रका अनुसार प्राचिन कालमा माता सतीले आफ्नो पिता दक्षको हवन कुण्डमा आफ्नो देह त्याग गरेकी थिइन् । यसपछि माताले पर्वत राज हिमालयकोमा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । माता पार्वतीले शिवलाई पुनः प्राप्त गर्नको लागि श्रावण महिनामा कठोर तपश्या गरेकी थिइन् ।
देवीको तपस्याबाट प्रशन्न भएर शिवजीले पार्वतीको मनोकामना पूरा गरे र उनीसित विवाह गरेको थिए । श्रावणमा नै भोलेनाथको पत्नीको रुपमा पार्वती प्राप्त गरेका थिए । यसैकारण शिवजीलाई यो महिना विशेष प्रिय लाग्छ ।
विवाहित महिला आफ्नो पतिको लामो आयुको लागि आज व्रत बस्ने गर्दछन् । पावर्तीको तपश्या र प्राप्तिलाई यो व्रतको प्रतिकको रुपमा पाउन सकिन्छ । उनको त्यागले शिवजी प्राप्त भएकाले यसमा विश्वास गरिन्छ । र कन्याले राम्रो वरको प्राप्तिको लागि यो व्रत बस्ने गरिएको छ ।
सोमबार कुनै नदि वा तलाउमा आँटाको डल्ला माछालाई खुवाउनुहोस् । यो काम गरेको बेला ऊँ नमः शिवाय मन्त्र उच्चारण गर्नुहोस् । गाई-गोरुलाई खुवाउनुहोस् । दु:ख पाएका, गरिब, अशक्तलाई भोजन गराउनुहोस र धनको दान गर्नुहोस् ।