सुनसरी / आज बडादशैंको आठौं दिन महाअष्टमी पर्वमा धरानको दन्तकाली मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बडादसैँको आठौँ दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइएको छ ।
दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठ एवम् धरानको विजयपुर स्थित दन्तकाली मन्दिरमा बलि सहित पूजा अर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ । आज बिहानै देखि दन्तकाली मन्दिरमा भक्तजनहरूको लागि पशु बलि दिनलाई फुकुवा गरिएको छ।
आजको कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि सहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।