Saturday, October 5, 2024
धर्म/संस्कृतिहेटौँडाको राप्ती तटमा छठको रौनक

हेटौँडाको राप्ती तटमा छठको रौनक

मकवानपुर । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज हेटौँडाको राप्ती तटस्थित छठ घाटमा भव्य रुपमा मनाइएको छ ।

हेटौँडा–१, स्थित राप्ती नदिको तटमा भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका हुन् ।

विशेष गरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि भव्य रुपमा मनाउन थालिएको छ । छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सोमबार (भोलि) बिहान उदाउँदो सूर्यको दर्शन गर्ने गरिन्छ ।

छठ पर्वमा नदी वा पोखरीको छेउमा रातभर जाग्राम बसेर छठी माताको उपासना गरिन्छ । सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img