- अशेष अधिकारी
“मलाई तपाईले नगरपालिका जाँदा खेरी एउटा गीटार पनि किनीदिए त म तपाईको भाईको लागी पनि एउटा सानो खेलाउने गीटार कीनिदिएँ थिएँ । सानो भाईको हातमा पनि गीटार तपाईको दाईको हातमा पनि गीटार । सानो भाई गीटार बजाउँदै जान्छ, हर्लिक्स र दुध खाँदै जान्छ । म चाहीँ गीटारको साथमा रमको बोतल रीत्याउँदै जान्छु । भलै तपाईको भाईले गीटारबाट ध्वनी निकाल्न सक्दैन होला तर उसको अन्तर हृदयमा त जोर जोरले ध्वनी बज्ने नै छ । मैले बजाएको गीटारको ध्वनीले बाह्य रुपमा संगीतमय वातावरण त बनाउला बनाउला तर मस्तिष्कको बादलले मेरो भित्री आत्मामा कुनै गीटारको कर्डले स्पर्स नगर्ला । हुन पनि म भित्री भावनामा डुबेर कहाँ गीटार बजाउँछु र ?”
चैतन्यको कुरा सुनेर राहुलले लामो स्वास सँगै वाक्य छाड्दै भन्छ, “ल बाबा ल !, यति लामो आग्रह गर्नु पनि पर्दैन । तर मैले एक थरीको गीटार कीनेर ल्याइदिउँला यदि त्यो गीटार तिमीलाई मन परेन भने त्यो गीटार फेरी कसले साट्ने गीटार साट्न त आखिर म नै त्यो दोकानमा उपस्थित हुनु पर्ला नी ! त्यसकारणले तिमी पनि म सँग नगरपालीका हीँड अनि मेरो रोजाई अनि तीम्रो रोजाइका आधारमा एउटा राम्रो गीटार किनौँला । तिमी बजाउ जती बजाउँछौ । घरी घरी म तिम्रो छेउमा बसेर गीटारकोे आवाज चाहीँ सुनौँला । हेरौँ कस्तो बजाउँदा रहेछौ ।”
उनीहरुको गाउँबाट स्कुल जाने बाटोमा स्कुल लागेका दिन त साना केटाकेटीको ताँती नै लागेको हुन्छ । अस्ति बाल दिवसको दिन त्यो बाटोमा केटाकेटीहरु यसरी लाइन लागेर जुलुस लगाएर हिँडी रहेका थिए, मानौँ त्यो केटाकेटीको ताँती नभएर कमिलाको ताँती हो । आँफुलाई नै लडाउने जस्तो गहु्रङ्गो किताबको झोला बोक्दा बोक्दा थाकेपछि त्यहाँ गाउँको बाटैमा रहेको फलैँचा हरेक स्कुले केटाकेटीको लागी लोभलाग्दो विस्राम स्थल थियो । त्यो विश्राम स्थल केवल ती केटाकेटीको लागि मात्र सीमित थिएन । त्यहाँ थाकेर आएर केटाकेटी देखि बुढाबुढी सम्म सबै जना विस्रामको आनन्द लिने गर्दथे । त्यो विश्राम स्थल केवल मानव हीतको लागि मात्र रहेछ भनी सिमीत नगरौँ किनकी त्यहाँ चराचुरुङ्गी पनि भुईँमा ती बुढापाखाले दिएको चारो आफ्नो चुच्चोले ठुङ्दै त्यहाँ विश्राम गर्दथे । ति बुढापाखाले दिएको चारेको बदलामा ति चराहरुले उनीहरुलाई मिठो गीत गाएर सुनाउने गर्दथे । त्यो विश्राम स्थल लोकप्रीय त थियो नै, तै पनि चैतन्य र राहुल त्यहाँ दुई पटक भन्दा बढी चोटी गएका थिएनन् । अब गीटार किनेपछि चाहीँ चैतन्य त्यो विश्राम स्थलमा गीटार लिएर जाने र त्यहाँ थकाई मार्न बसेका ठूला देखि साना सम्म बटुवालाई आफ्नो गीटारको आवाज सुनाउने र तारीफ बटुल्ने योजनामा छ ।
चैतन्यले जो सँग गीटार सिकेको थियो उसलाई चैतन्यले अन्तिम चोटी तब देखेको थियो जब उ चितामा जलिरहेको थियो । त्यो दिन पस्चात उसले आफ्नो प्रसिक्षकलाई तस्वीर देखि बाहेक कहिँ पनि देखेन । उसको प्रसिक्षकको एउटा सपना थियो कि उसले आफ्नो गाउँमा एउटा गीटार प्रसिक्षालय खोल्ने । उसको सपना पुरा हुन नपाईकन काललाई हतार भएछ की कुन्नी उसलाई सजिलै कालले लिएर गयो । उसको अधुरो सपना पुरा गर्नको लागि भनेर नै हो की यसरी उसमा एकाएक फेरी गीटार बजाउने रहर पलाएर आएको । उसलाई लाग्थ्यो उसले माथिल्लो लोकमा पुगेर पनि गीटार बजाउन पाउँछ होला र ? उसको गीटार ती अर्को लोकका नागरीकहरुले सुन्ने हुन् कि होइनन् ? मुख्य कुरा त त्यहाँ उसले गीटार भेट्छ कि भेट्दैन होला ? त्यहाँ पनि गीटार हुन्छ होला र ?
उसको गीटार बजाउने चाहना यदि मृतकसित सम्बन्धित छ भने उसलाई कसैले रोक्नु भनेको मृतकको आत्मालाई तृप्त पार्नबाट रोक्नु जस्तो हुन्छ । केवल उसको प्रयासले मात्र मृतकको आत्माले शान्ति पाउँछ । उ शान्तिको बीउ रोपेर उसको प्रशिक्षकको अघिल्लो समयमा बाँचेको जीवनलाई सार्थक बनाउन खोज्दैछ भन्ने देखिन्छ । संघर्षको फल कसैलाई ढिलो मिल्छ भने कसैलाई छिटो मिल्छ । तर कहिले काहिँ यति सम्म ढिलो मिल्दो रहेछ कि उसको जीवन नै नरहँदा मात्र जीवनको फल मिल्दो रहेछ । आफ्नो जीवन सार्थक हुन्छ या निरर्थक यो कुरा बुझ्न मृत्यु पछि पनि अर्को लोकबाट चियाई रहनु पर्ने रहेछ । सायद चैतन्यको प्रसिक्षकले पनि उसलाई चियाईरहेको र “कृपया मेरो जीवन सार्थक बनाइदेउ ।” भनेर अनुरोध गरिरहेका होलान् की !
अब राहुल उसको गीटार बजाउने जोस र जाँगर एकाएक पलाएको देखेर उसको साथीसँग कुरा गरी रहेको छ “मैले मेरो छीमेकी चैतन्यलाई आजभोली हेरीरहेको छु । उसको टाउको हेरेर केवल उसको खप्परको आकार मात्र अनुमान गर्न सकिएला तर उसको खप्पर भीत्रको गीदीमा आजभोली केवल ‘गीटार’ सब्द मात्र गुन्जीएको छ भन्ने लाग्छ । मैले उसको खप्परलाई हेरेँ र विचार गरेँ कि यदी उसको खप्परमा कसैले गह्रौँ वस्तुले हिर्काएर उसलाई मुर्छा पार्ने हो भने पनि उ उसको जीवनको अन्तिम स्वास रहे सम्म ‘गीटार’ शब्द मात्र उच्चारण गर्ने छ ।”
अर्को दिन उसले आफ्नो छीमेकी राहुलले चैतन्यलाई गीटारको साथमा आफ्नो ओछ्यानमा नीदाइरहेको देख्छ । त्यस पस्चात फेरी उ त्यही साथी सँग कुरा गर्छ “आँफुले आजभोली उसको गीटार सँगको मोह देखेर हाँस्न चाहन्छु । यदी मैले उसलाई उसको गीटारको बारेमा केही नराम्रो कुरा भनीदिएँ भने अवश्य उसको मोह भंग हुनेछ तर म उसको यसरी मोह भंग गर्न चाहन्न ।” प्रत्येक दिन उ चैतन्यको गतिविधी अवलोकन गर्दथ्यो र उसको जीवनको प्रत्येक कुरा जस्ताको त्यस्तै ‘ए टु जेड’ प्रत्येक दिन उसको त्यहि साथीहरुलाई सुनाउने गर्दथ्यो ।
प्रत्येक दिन उसको व्यवहार निरीक्षण गर्दा उसको गीटार प्रतिको माया बढ्दै गरेको देखिन्थ्यो । भनिन्छ माया अन्धो हुन्छ । ठिकै भयो किनकी उ कुनै प्रेमीकाको प्रेममा छैन । उ त एउटा निर्जीव गीटारलाई सजिव रङ्ग भर्न खोज्दैछ । उसले गीटार बजाएर नै गरी खाने वातावरण बनाए त ठीकै हुने थियो तर आज भोली उ गीटार मात्र सिक्छ त्यो भन्दा बाहेक अरु केहि सीक्दैन । कहिल्यै गीटारको आवाज नसुनेकोलाई त उ उत्कृष्ट गीटार बाजक लाग्ला तर एउटा अनुभवी गीटार बाजकले सजिलै यो कुरा ठम्याउन सक्छ की उसले वास्तवमा भन्नुपर्दा त्यती राम्रो गीटार बजाउँदैन । तर चैतन्य आँफै चाहीँ निकै राम्रो गीटार बजाउँछु भन्ठान्न थालेको छ ।
एउटा उत्कृष्ट गीटार बाजकले हाँस्नु पर्ने नयाँ कारण फेला परेको छ । उनीहरुको एउटा सिद्धान्त त हुन्छ नै कि कोही पनि सीकारु मानिसको हँसी मजाक गर्नु हुँदैन । कलाको सम्मान गर्नुपर्छ, चाहे त्यो ठूलो होस् या सानो, राम्रो होस् या नराम्रो । तर उ त्यति राम्रो गीटार बजाउन नजाने पनि यो कुरा स्वीकार गर्न चाहँदैन । यो कुराले अनि यो अवस्थाले नै गीटारले ध्वनी उब्जाए सरी एउटा कमेडीको तरङ्ग उब्जने गर्छ जसले एउटा हाँसोको टपीक सिर्जना गर्दछ ।
उ प्रत्येक दिन त्यहि स्कुल जाने बाटोको फलैँचामा बसेर गीटार बजाउन थालेको छ । कहिल्यै गीटारको आवाज नसुनेकोले त उसको गीटारको आवाज सुनेर उत्कृष्ट नै भन्ठान्थे र मजा लिन्थे । तर उत्कृष्ट गीटार बजाउने पनि नगरपालिकाबाट त्यहाँ सम्म केही पनि नजान्ने जस्तो नाटक गरेर उसको कलाको खुलेर तारीफ गर्थे । यसरी उनीहरु उसको अज्ञानताको मजा लिन्थे । उसलाई अरुले बढाईचढाई गरेको तारीफलाई उसले अझै बढाईचढाई गरेको देख्दा उसको अनुहारको हाउभाउ हेर्न लायकको देखिन्थ्यो ।
एकपटक त ती नगरपालीकाबाट आएका गीटार बाजकहरुले एउटा प्रोफेसनललाई उसको गीटारको सिकारु आवाजलाई यति बढाई चढाई गरेर गने कि उ पनि हो न हो भन्ठानेर झन्डैले टीउसन लिन आएको ।
भलै उसले त्यती राम्रो गीटार बजाउन जान्दैन थियो तर उसको प्रयास निरन्तर जारी नै थियो । उसलाई कसैले यो कुरा भनेको थियो जुन कुराले उसको अवचेतन मनलाई हिट गरेको थियो, त्यो कुरा के थियो भने जब उ साँझ तिरको समयमा त्यो फलैँचामा बसेर गीटार बजाईरहेको थियो तब एकजना बटुवाले उसलाई भनेको थियो “तपाईको नाम त आज भोली नगरपालीका तिर पनि सुन्न थालिएको छ । तपाई त आँफुलाई निकै राम्रो गीटार बाजक भन्नु हुन्छ रे । एउटा राम्रो गीटार बाजकले त आफ्नै गीतहरुको सङ्ग्रह पनि बनाएको हुन्छ । तपाई पनि मलाई तपाईको आफ्ना रचनाहरुको संग्रह भित्र छीर्ने अवसर दिनुहुन्छ कि ?” त्यतिखेर चैतन्यको अवस्था ‘हातमा लाग्यो जीरो’ भएको थियो । उसले कसरी भनोस् कि “मेरो अहिले सम्म कुनै पनि रचनाहरुको संग्रह छ्रैन ।” उ निरास भएर नुन खाएको कुखुरा जस्तै भएर भुईँको आकृतिलाई हेर्न थाल्छ । फेरी एकपल्ट यो धर्तीलाई छाडीसकेको उसको गीटार प्रसिक्षकलाई उै सम्झन थाले झैँ लाग्छ । सायद उ अठोट गरिरहेको होला कि उ अब आफ्नो रचनाको संग्रह पनि निकाल्छ ।
राहुल र राहुलका साथिहरु त्यहि चैतन्यको घरको बाटो हिँड्दा कोही जोड जोडले चिच्याइरहेको सुन्छन् । उनीहरुले ठ्याक्कै अड्कल त काट्न सकेनन् कि त्यो कसको आवाज हो भनेर तर यो कुराले उनिहरु टेन्सनमा थिए कि कुनै छिमेकीको घरको बाख्रालाई कहाँ लगेर ठोकेछन् की अल्झिएर त्यो कराईरहेको छ । तर उनीहरुको यो अनुमान गलत भयो किनकी त्यो आवाज त गीटारको आवाज सँग मिसिएर आइरहेको रहेछ भन्ने उनिहरुलाई थाहा हुन्छ ।
उनिहरु उसको कर्मयोगलाई नजिकैबाट नियाल्नको लागि उसको घरभित्र पस्छन् । तर वहाँ बाहिरबाट उनिहरु जब यहाँ उसको घरभित्र पस्छन् तब चैतन्य एकाएक चुप हुन्छ र आफ्नो गीटारलाई उ एकछेउमा राख्छ । सायद आजभोली उसलाई लाग्न थालिसकेको होला की उसले गीटार बजाएको अनि गीत गाएको सुन्दा उसलाई उनीहरुले निन्दा गर्छन् । उसलाई यो कुरा पनि लागेको हुनुपर्छ कि नजिकका मान्छेहरुले नै प्राय आँफुलाई राम्रो काम गर्दा निन्दा गर्छन् । कुनै अनजान मान्छेले चाहीँ कुनै ईष्र्या नमिसिएको हुनाले राम्रो कामको तारिफ गर्छन् ।
“ध्वनि प्रदुषण” बाटो हिँड्ने एउटा बटुवाले चैतन्यको आवाजलाई पनि उछिन्दै ठूलो स्वरमा भन्छ । “यस्तो पाराले नागरिक समाजमा बस्न पाइएला भन्ने नठान्नु नी ! यस्तो जंगलीको जस्तो आवाजमा गीत गाउन त जंगल नै सबै भन्दा राम्रो ठाउँ हुन्छ । म कहिले काहीँ यो बाटो हिन्दा त मलाई यस्तो इरिटेसन हुन्छ, झन् दिनदिनै यहि बाटो हिन्नेले कसरी खपेर बसेका होलान्, विचरा ! उनिहरुको कानलाई पनि सलाम गर्नुपर्छ ।” यो सुनेर चैतन्यलाई दुःख चाहीँ लागेन तर रीस चाहीँ साह्रै धेरै उठ्यो । उसलाई त आफ्नो संगीत रचनाको एउटा संग्रह निकाल्नु नै पो छ त । यो काम गर्न जस जसले उसलाई नदिन खोज्छन् ति सबै उसका सत्रु अनि जो जो उसलाई उसको काम गर्न दिन्छन्, बिना रोकावट ति सबै मित्रु ।
अहिले सम्म कुनै ताजा घटना नसुनेको त्यो पल्लो गाउँको बटुवा त पल्लो गाउँको मुखीया पो रहेछ । ती मुखिया एकदमै दयालु किसिमका रहेछन् । तर बेला बेला ठट्टा नगरी त उनको दिन नै काटीदैन रहेछ । उनमा भएको एउटा अवगुण चाहीँ के रहेछ भन्दा उनि जे कुरा पनि फ्याट्ट भनिहाल्ने अनि मनमा केहि कुरा राख्न नसक्ने । ती मुखिया आफ्ना गाउँलेलाई सुनाउने नयाँ कुरा फेला पारेँ भन्दै मख्ख पर्दै आफ्नो गाउँ जान्छन् ।
“मैले जिवनमा धेरै मानिस देखेको अनि भेटेको छु तर मलाई उ अरु भन्दा अलिक विशेष किसिमको मान्छे लाग्यो । उसमा जोस जाँगरको मात्रा एकदम बढी छ ।” मुखिया बा आफ्नो गाउँमा आएका एकजना युट्युबे पत्रकार सँग कुरा गर्छन् । त्यो युट्युबे पत्रकार पनि ती मुखिया बाको कुरा सुनेर अब चाहीँ युट्युबका लागि राम्रै सामाग्री भेटीने भैयो भनेर खुसी हुन्छ । उसले मुखियासँग उसको घर ठेगाना लगायत सबै जानकारी माग्छ । अब आउँदा दिनमा उसलाई आफ्नो युट्युबको भिडीयोमा अन्तर्वार्तामा ल्याउने निश्चत गरेर त्यो पत्रकार त्यहाँबाट हिँड्छ ।
त्यसको लगत्तै केहि दिन पछि त्यो पत्रकारको टीम चैतन्यलाई खोज्दै उसको गाउँमा आउँछन् । उनिहरु त्यहाँ आउँदा साधारण भेष भुषामा कसैले पनि गाउँमा पत्रकार आएको छ भन्ने थाहा नदिकनै मुसाको चालमा त्यहाँ आउँछन् । आखिर जसोतसो सोधखोज गर्दै ति मुखियाले भनेको घर भए ठाउँमा उनीहरु आइपुग्छन् । चैतन्य दिनको २४ घण्टामा आधाउधी समय चाहीँ गीटार नै बजाइरहँदो रहेछ भन्ने संका गर्ने ठाउँ उब्जिन्छ किनकी उ अहिले पनि गीटार बजाइरहेको छ । धन्नले उनिहरुले उसले बजाएको गीटारले त्यो नयाँ गायक÷संगीतकार को रहेछ भन्ने ठम्याउन सकेका ।
उनिहरु चैतन्यको घरमा गएर “घरमा को हुनुहुन्छ ?” भनेर कराउन थाल्छन् । आज चैतन्य घरमा एक्लै छ, त्यसैले अरु कसैले घर बाहिर जाने आसा नगरी उ आँफै गीटार बजाउन छाडेर घर बाहिर जान्छ र घरमा आएको मान्छेलाई “कसलाई खोज्नुभएको ?” भनेर सोध्छ । त्यो पत्रकारको टीममा भएको क्यामेरा मेनले भन्छ “तपाईको आत्मामा नै संगीत रहेछ ।” त्यो प्रसंसा सुनेर चैतन्य खुसी हुन्छ तर उसलाई यो कुरा चाहीँ थाहा हुँदैन कि उनिहरु पत्रकारहरु हुन् भन्ने । बल्ल बल्ल कोहि सुभ चिन्तक मान्छे सँग भेट भएको मौकामा उसले आफ्ना सबै कुरा ओकल्यो । बिगत देखि, वर्तमान देखि, भविष्य सम्मका सबैकुरा ओकल्यो । उसको गीटार प्रसिक्षकको कस्तो अधुरो सपना रहँदा नै उसले आँफुलाई चीता सँग साक्षात्कार गर्नु परेको थियो, त्यो कुरा पनि ओकल्यो । कसरी आँफुले उसको सपना पुरा गर्ने जमर्को गर्दैछु भन्ने कुरा पनि उसले सुनायो ।
उसको सपना धेरै ठूलो थियो । सपना पूरा पनि हुन्छन् तर उसको सपना पुरा हुने कुनै आसा थिएन किनकी उसमा त्यो क्षमता नै थिएन । तर उ आफु सँग नभएको प्रतिभा पनि तिखार्न खोज्दै थियो । उसले सबैजनालाई आस्चर्य पार्न चाहन्थ्यो । ती पत्रकारहरुले उसको कुरामा विश्वास गरे या उ कुन भ्रममा बाँचिरहेको रहेछ भनेर आष्चर्य भए, तर जे भए पनि उनिहरुले युट्युबबाट पैैसा कमाउन नयाँ विषय भेटेका थिए । चैतन्य जस्तै अरु धेरै पात्रहरुलाई उनिहरुले आफ्नो फाइदाका लागि प्रयोग गरेका थिए । जब उनिहरुको प्रयोग गरेर मनग्गे आम्दानी गर्छन् र ती पात्रहरु दर्शकका लागि बासी पात्र बन्छन् तब उनिहरुलाई आर्थिक सहयोग नगरीकन रस चुसेको चुइगम झैँ थु ! गरि फ्याँकिदिन्थे । अब उनिहरुको नयाँ भिक्टीम चैतन्य भएको छ । सुरु सुरुमा त उ खुसी होला तर के थाहा उनीहरुको कारणले उ कतै बदनाम त हुने होइन ।
ति पत्रकारहरुले यस्तै यस्तै पात्रहरुलाई मिडियामा ल्याउँछन् जो हाँसोको पात्र बन्न योग्य हुन्छन् । उनीहरुको इतिहासमा हेर्ने हो भने उनीहरुले मिडियामा ल्याएकाहरु अहिले पस्चातापमा बाँचिरहेका छन् । उनीहरुले प्रसिद्धि त पाए तर उनिहरु आज कङ्गाल नै छन् । कसैले म फलानो हुँ मात्र भन्यो भने पनि उनिहरुलाई सबैले हेप्छन् मात्र । सबैले उनीहरुलाई हाँसोको पात्र बनाएका छन् ।
ति मिडियाकर्मी आँफुले आँफुलाई देशको माया गर्ने मान्छे भनेर बोक्रे टीप्पणी गर्छन् । “गौतम बुद्धको जन्म नेपाल मै भएकाले हामि बौद्धमार्गी हौँ ।” भनेर बोक्रे बहस गर्न थाल्छन् तर उनिहरुलाई डीप विथिन हेर्ने हो भने ठगी खाने र जसरी एउटा चटकेले बाँदरलाई नचाएर आँफु मालामाल हुन्छन्, त्यसै गरि नयाँ नयाँ बाँदर खोेजेर आँफु चाहीँ चटकेको काम गर्छन् । यो कुरा कुनै बौद्ध मार्गीको सिद्धान्तमा मेल खाँदैन ।