देशकोशी प्रदेशयस्तो छ धनकुटाको धार्मिक तथा ऐतिहासिक निशान भगवती मन्दिरको महिमा
spot_img

यस्तो छ धनकुटाको धार्मिक तथा ऐतिहासिक निशान भगवती मन्दिरको महिमा

सुनसरी | धनकुटाको धार्मिक तथा प्रसिद्ध निशान भगवती मन्दिर भक्तजनको माझ एक महत्त्वपूर्ण रहेको छ । धनकुटा नगरपालिका वडा नम्बर- ६ को जिल्ला प्रहरी कार्यालय धनकुटाको पछाडी पट्टी अवस्थित रहेको छ ।

मन्दिरको स्थापना १९ सौं सताब्दिमा भएको मानिन्छ । यस मन्दिरमा प्रत्येक दिन नेपाली सेनाबाट खटिएका पूजारीले विधिपूर्वक नित्य पूजा गर्ने गरिएको छ ।

एकादशी, औशी तथा आइतवार वाहेक अन्य दिनहरूमा यस थानमा वोका, राँगा, हाँस तथा आदिको वली दिने शाही नेपाली सेनाद्वारा वडादशै तथा चैते दशैमा यस मन्दिरमा विधिपूर्वक विशेष पूजा आजा गरी वलिदिने गरिएको छ । यस मन्दिरमा दिनहुँ धेरै श्रद्धालुहरू दर्शन तथा पूजा आजाका लागि आउने गर्दछन् भने शनिबार भने निकै भिड हुने गरेको छ ।

यस मन्दिरको प्राङ्गणमा रहेको विशाल मसलाको रुख एवं नजिकै रहेको वर–पिपलको वयस्क रुखले धनकुटा नगरीलाई सधै उज्यालो र हँसिलो बनाईदिएको जस्तो भान हुन्छ ।

यहाँ हनुमान मुर्ति र तोप पनि राखिएको छ । यस मन्दिरमा सुनसरीको इटहरी , धरान तथा पुर्वबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा तामाको छानोसँगै तेलिया इँटा लगाईएको छ । जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण रहेको छ । मन्दिरलाई आकर्षक बनाउन स्तरोन्नती गरिएको छ । मन्दिर नजिकै एभोकाडो पनि पार्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img