Sunday, February 16, 2025
धर्म/संस्कृतिधरानको पिण्डेश्वर मन्दिरमा आज भगवान शिवको पुजाअर्चना गरि शिवरात्री पर्व मनाइयो

धरानको पिण्डेश्वर मन्दिरमा आज भगवान शिवको पुजाअर्चना गरि शिवरात्री पर्व मनाइयो

सुनसरी | धरानको पिण्डेश्वर मन्दिरमा आज महाशिवरात्री पर्व दिन भक्तजनले हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइएको छ ।

काठमाण्डौंस्थित पशुपति नाथ, खोटाङको हलेसि मन्दिर तथा शिव मन्दिरमा धरानको १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको मन्दिरलगायत महत्वपुर्ण शिवलायहरुमा आज बिहानैदेखि भक्तजनहरुको पूजा आराधाना गर्न घुइँचो लागेको छ ।

शिवको पूजा आराधना गरे सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइको छ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको र प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।

मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ७ देखि ८ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ५ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।

स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ ।

यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ । यस मन्दिरमा श्रावण महिना भरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देश विदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गर्दछ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img