Saturday, February 15, 2025
धर्म/संस्कृतिआज साउनको तेस्रो सोमबार, केराबारीमा रहेको शिव भगवानको प्रतिमा

आज साउनको तेस्रो सोमबार, केराबारीमा रहेको शिव भगवानको प्रतिमा

सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा – ८ मा रहेको हजारविघा सामुदायिक वन केराबारी बजार नजिकै रहेको शिव भगवानको प्रतिमा ।

आज साउन महिनाको तेस्रो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। आज देशभरमा शिवलयमा पूजा आराधना गरिदैछ ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img