सुनसरी / सुनसरीको रामधुनी नगरपालिका – ४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको रामधुनी मन्दिर प्रचार प्रसारको कमिमा रहेको छ ।
नेपालकको प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । रामनवमी, विवाह पञ्चमी, वालाचतुर्दशी र अन्यबेलामा पनि धर्मावलम्बीहरुको घुइँचो लाग्नेगर्छ । चारै तिर जंगलको विचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोकेर विभिन्न समयमा भक्तजनहरु आउने गर्दछन् ।
त्रेतायुगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै मात्र नभएर नेपालकै प्रशिद्ध तीर्थस्थल मानिन्छ ।
राम नवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको छ ।
यदी कथंकदाचित निभेमा धरानस्थित पिण्डेश्वरमा रहेको अखण्डदिपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वरको अखण्डदिप निभेमा रामधुनीको धुनीबाट आगो लगि सल्काउनु पर्ने परम्परा हालसम्म कायमै रहेको छ । रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ ।
सो धार्मिकस्थल रामधुनीमा मुख्यगरी धुनी मन्दिर र दरवार मन्दिर छ । धुनी मन्दिरमा सधैं सालको मूढो सल्काएर राख्ने प्रचलन छ । त्यो जलिरहन्छ र त्यसबाट निस्कने खरानी नै धर्मावलम्बीका लागि मुख्य प्रसाद हो । रामधुनी मन्दिरको दर्शन गर्ने र धुनीबाट जलेको खरानी प्रसादकोरुपमा ग्रहण गर्नाले मनले चिताएको फल प्राप्त हुनेगरेको विश्वास धर्मावलम्बीहरुबीच छ ।
जहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ । भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास बस्दा जलाएको अखण्ड धुनी अद्यापि जलिरहेको विश्वास छ ।
सो मन्दिरमा स्थानीय सरकार , प्रदेश सरकारले
अझै व्यवस्थित तथा उचित प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेर जाने थिए ।