हेटौंडा: ६ वर्ष अगी कतारमा आफ्नो पसिना बेचेर पैसा कमाईरहेका २९ जनाको समूहले जन्माएको कार्ड्स कर्पोरेसन अहिले बिबादमा परेको छ । “गो ब्याक इन नेपाल” अभियान अन्तर्गत “भगवान कसम म विदेश जादै जान्न” भनेर ४ जनादेखी नेपाल फर्किन थालेको उक्त कम्पनिको समूह अहिले फेरी बिदेशिन थालेको छ ।
“नेपाल मै केही गर्नु पर्छ भनेर सुरुमा हौसाए अहिले ५ बर्ष बित्यो हाम्रो लगानी के भैरहेको छ, हाम्रो कम्पनी ‘कार्ड्स’ले के गर्दै छ जानकारी समेत दिदैनन” उक्त समुहका एक सदस्यले इन्फो नेपालसंग कुरा गर्दै भने ।
उक्त समुहको लगानीमा नेपालमा सुरु भएको कार्ड्स कर्पोरेसनमा अहिले ९१ जना शेयर सदस्य रहेका छन् । कम्पनीको संचालक समितिको अध्यक्ष अहिले मोहन बहादुर कार्की हुन् । संस्थापक अध्यक्ष भने मिक्की लिम्बु थिए । उनले आफ्नो कार्यकाल पछी आफ्नै कम्पनी एमएस फुड्स संचालन गर्दै आईरहेका छन् ।
भएको के हो ?
कम्पनीका सदस्यहरुका अनुसार कम्पनीको दुईबर्ष देखी अधिबेशन गरिएको छैन । कम्पनीमा के हुदैछ संचालक समितिमा को को छन्? जानकारी समेत गराईएको छैन ।
कम्पनीका एक शेयरधनी तारा प्रसाद जैसीले भने “कम्पनीको नाममा हेटौडामा रहेको जग्गा जानाकारी समेत नदिई बेचिएको रहेछ । हाम्रो गुरुपमा हिजोआज कुरा चल्दा थाहा पाए, सुरुमा तपाईहरुलाई नसोधी केही पनि गरिदैन भनेका थिए अहिले केही कुरा वा प्रश्न राख्यो भने उक्त ग्रुरूप बाटै हटाईदिन्छ्न, हामी बिदेशमा भएका जोडिने भनेरै उक्त ग्रुरूप बनाईएको हो ।”
बिगत एक बर्ष देखी गर्ने भनेको सादरण सभा अझै नभएको र शेयरधनीलाई जानकारी नदिईकन जग्गा बेच्ने काम भएकोमा असन्तुष्टि छन् उनीहरु । शेयर फिर्ता गरेकाले शेयर सुचीमा नाम पनि हट्यो र पैसा पनि नपाएको गुनासो गरे ।
के भन्छन् कम्पनीका अध्यक्ष ?
कम्पनी प्रक्रियागत अगी बढीरहेको अध्यक्ष मोहन कार्कीले बताए । “हामी सबैको कम्पनी हो, कम्पनीमा जो आएर काग गर्दा, जिम्मेवारी लिदा पनि भयो। कम्पनीलाई मेहनत गरेरै अगी बढाई रहेका छौ ।” अहिले गत आर्थिक बर्षको अडित भैरहेको बताउदै त्यसपछि अधिबेशन/ साधारण सभा गर्ने तयारीमा रहेको उनले जानकारी दिए । लगानी फिर्ता लिन चाहानेको लागि उनले कम्पनीमा पुगेर पत्राचार गर्न आग्रह गरेका छन् । उनले भने “लगानी फिर्ता लिने हो भने कम्पनीमा आउनु पर्यो, प्रक्रिया पुरा गर्नु पर्यो, पत्राचार गर्नु पर्यो ।” उक्त कम्पनी लगानी कर्ताकै भएको र कम्पनीमा हामी पनि काम गरेकै छौ भन्ने बुझ्नुपर्ने उनले बताए । उनले कम्पनीलाई नेपालकै उत्कृष्टमा पार्न सफल भएको र सरकारबाट पुरस्कार समेत प्राप्त गरेको कुरा सुनाए ।
हस्ताक्षरको दुरुपयोग, कर्मचारीलाई छैन पारिश्रमिक
कम्पनीका एक पुर्व संचालक समितिका सदस्यले कम्पनीको पुर्व अध्यक्षले शेयरधनीहरुको हस्ताक्षरको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् । कम्पनीको बैठकै नबसी बिदेशमा भएका शेयरधनीलाई बैठक बसियो भन्दै इस्क्यान गरि राखेको हस्ताक्षरको अनुमति नलिई प्रयोग गर्दै बैठका निर्णयहरु पठाउने गरेको र पटकपटक भन्दा समेत अटेर गरेको उनको भनाई छ । उनले थपे “संचालक समितिको केके बैठक भयो मलाई थाहा हुदैन तर मेरो हस्ताक्षर प्रयोग भएको हुन्थ्यो ।”
उक्त कम्पनीमा उनलाई साईट इन्चार्जको रुपमा राखिएको भएपनी अहिलेसम्म पारिश्रमिक प्रदान गरिएको छैन । परिवार संगै उक्त कम्पनीमा सुरुवात देखी नै काम गरेको उनले बिगत ४ बर्ष देखी पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक दिने भनि गराएको म्यईनुट समेत गायव गरिएमा उनि दु:खी छन् । उनि भन्छन ” कम्पनीकै लागि भनेर मोरीमेटी लागियो अहिले कम्पनीमा के भइरहेको छ भने समेत जानकारी दिदैनन । म साईट इन्चार्ज र शेयरधनी पनि भएको नाताले मलाई जग्गा बेच्ने समितिमा राखिएको थियो तर जग्गा बेचेको पत्तो पाईएन ।
जग्गा बेच्ने समितिलाई पत्तो छैन तर बेचियो जग्गा
कम्पनीको संचालक समितिले जग्गा बेच्ने भन्दै जग्गा बेच्ने समिति गठन गरेको उक्त कम्पनीका पुर्व साईट इन्चार्जले बताए । उनका अनुसार कम्पनीको हेटौंडामा रहेको जग्गा बेच्न गठन गरेको समितिलाई नै जग्गा बिक्री भएको पत्तो भएन । उनले भने “अर्कैको नाममा पासा भैसके पछी मात्र थाहा भयो ।” उनि कम्पनीको शेयरधनी समेत हुन् ।
शेयरधनीको सुचीबाट नाम हट्यो तर फिर्ता आएन लगानी
एक शेयरधनीले आफ्नो लगानी फिर्ता लिने भनि एक बर्ष पहिल्यै कम्पनीमा निबेदन दिएकी थिइन् र कम्पनीले एउटा पत्रमा हस्ताक्षर गराएको उनले बताउछिन । उनका अनुसार पोहोरको दशैमा भुक्तानी गर्ने प्रतिबद्धता गरेको कम्पनीले उनलाई अझै भुक्तानी गरेको छैन । उनले दु:ख ब्यक्त गर्दै भनिन् “उनीहरुले पहिला राम्रो हुन्छ भने, ऋण लिएर लगानी गरियो, घर बैंकमा धितोमा छ । पैसा कहिले दिने भनेर सोद्धा पुर्व अध्यक्षले अहिलेको अध्यक्षलाई र अहिलेकोले पुर्व अध्यक्षलाई देखाउछन ।” उनले थपिन “प्रक्रिया पुरा नभएको भए शेयरधनीको प्रमाणपत्र आउथ्यो होला, सुचिमा नाम हुन्थ्यो होला त्यो पनि छैन, पैसा पनि फिर्ता आएको छैन ।”
तिन महिना काम गरे, पारिश्रमिक दिएनन्
सुरुवातमा दस हजार पारिश्रमिक दिन्छु भनि राखेको बाग्लुङका किरण छेत्रीले तिन महिना सम्मको पारिश्रमिक नपाएको दुखेसो सुनाउछन । पटक पटक पारिश्रमिक माग गर्दा कम्पनीका पुर्व अध्यक्ष लिम्बुले “मैले चिन्दिन” भन्दै उल्टै “तिमी पनि थियो र?” भन्ने प्रश्न गरेको उनि बताउछन् । जबकी कम्पनीका इन्चार्जले पटकपटक उनको नियुक्ति पत्र गराईदिन र पारिश्रमिक दिन प्रशासनलाई खबर गरेको बताउछन् ।
पुर्व अध्यक्षको चाउमिन फ्याक्ट्री, बर्तमानको डेरी
पुर्व अध्यक्ष र बर्तमान अध्यक्षले कम्पनी घोटाला गरेकाले कम्पनीको हिसावकिताब देखाउन नसकेको शेयरधनीहरुको आरोप छ । उनीहरु भन्छन “पहिलाकोले चाउमिन फ्याक्ट्री खोले अहिलेकाले डेरी चलाईरहेका छन् ।”
जग्गा बेचेको बारे शेयरधनी असन्तुष्ट
हेटौंडामा रहेको कम्पनीको जग्गा बेच्दा शेयरधनीहरु संग छलफल नै नगरी जग्गा बेचेकोमा धेरै शेयरधनीहरु असन्तुष्ट छन् । सोही कारण ४ जना शेयरधनीले आफ्नो लगानी फिर्ता माग्दै कम्पनीलाई निवेदन लेखेको पनि बताईएको छ ।