Monday, February 17, 2025
धर्म/संस्कृतिइटहरीको कृष्ण प्रणामी मन्दिर

इटहरीको कृष्ण प्रणामी मन्दिर

सुनसरी : इटहरी वडम नम्बर ४ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई नेपालकै नमुनाको रुपमा धार्मीक तथा पर्यटकीय स्थल हो । आज यश मन्दिर कृष्ण जन्मअष्टमी विविध कार्यक्रम मनाईएको छ ।

कलात्मक ढंगबाट सज्जिसजाउ गरिएको मनिदरको निमार्ण पश्च्यात इटहरीको धार्मीक पर्यटनमा बिकास हुने अपेक्षा गरिएको छ । ब्रह्मलीन गुरुजी श्री १०८ मंगलदासले स्थापना गरेको श्री कृष्ण प्रणामी मन्दिर केवल प्रणामीको मात्र नभएर सम्पुर्णको भएको कारण यसलाई नेपालकै नमुना मन्दिरको रुपमा बिकास गर्ने योजना रहेको छ ।

सुनसरी र मोरङ जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाट सँगै श्रीकृष्ण प्रणामी मन्दिरको निमार्णले विभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने देखिन्छ । नेपालकै नमुना घाटको रुपमा इटहरी बुढिगंगा मुक्तिधाटलाई लिन सकिन्छ । दैनिक जसो मुक्तिधाटको अवलोकन गर्न युवायुवतीहरुको भिड लाग्ने गरेको छ ।

मन्दिरको निमार्णमा करिब १० करोडको लगानी लागेको छ भने मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको मन्दिरका अध्यक्ष हेम घिमिरेले बताए । सुनसरी भरि रहेका बिभिन्न धार्मीक स्थलको प्रतिक, श्रीकृष्णको लिला सम्पुर्ण श्रीकृष्ण मन्दिरमा देख्न सकिन्छ ।

पुर्व- राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ साल चैत २४ गते निर्माण गरिएको कृष्ण मन्दिरको उद्घाटन गरेकी थिइन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img