देशकर्णाली प्रदेशइटहरीमा पनि श्रीकृष्णको रथयात्रा निकालेर मनाइयो जन्मअष्टमी

इटहरीमा पनि श्रीकृष्णको रथयात्रा निकालेर मनाइयो जन्मअष्टमी

सुनसरी / श्रीकृष्ण जन्माष्टमीका अवसरमा इटहरीमा आज रथयात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।

राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको आयोजनाहरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा दुई हजार बढीको सहभागिता रहेको थियोे ।

विगतका वर्षहरूमा धूमधामसँग मनाइने ‘श्रीकृष्ण जन्माष्टमीलाई यो वर्ष पनि मनाईएको छ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्रा इटहरीको गौरवका रुपमा मनाइँदै आएको छ ।

आज देशै भरि मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसरमा इटहरीको राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रा इटहरी चोक , आर्मी क्याम , इटहरीको बुढी खोला र पुन: इटहरी हुँदै
पुन राधाकृष्ण मन्दिर परिसरमा पुगेर रथयात्राको बिसर्जन गरिने छ । रथयात्रामा लाखे नाच समेत प्रस्तुत गरिएको थियो ।

रथयात्राको अवसरमा कोशी प्रदेश सरकारले एक दिनलाई सार्वजनिक बिदासमेत दिएको थियोे । रथयात्रालाई व्यवस्थित बनाउन, इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यलय इटहरी , ट्राफिक प्रहरी कार्यलय इटहरी र सरोकारवाला निकायलाई जिम्मेवारी प्रदान गरिएको छ । रथ परिक्रमास्थलका पोल तथा घरहरुमा राधाकृष्णको चित्र अंकित झण्डा र पोस्टर तथा ध्वजापताका टांगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img