Friday, February 7, 2025
देशकोशी प्रदेशधरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरे

धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरे

सुनसरी : धरान उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

गत स्थानीय तह सदस्य निर्वाचनमा धरान ६ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएर निर्वाचित भएका भट्टराई आज राप्रपा प्रवश गरेका हुन् ।

भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि राईले १ हजार ३ सय २८ मत ल्याएका थिए । उनीलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टी सदस्यता दिँदै स्वागत गरेका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस