सुनसरी / पानीमा डुवेर झापा र ओखलढुंगामा दुई जनाको मृत्यु भएको छ ।
मंगलवार दिउँसो पानीमा डुबेर दुई जनाको मृत्यु भएको हो । झापाको बुद्धशान्तिमा भने कुलोमा डुबीरहेको भन्ने सूचना पाए संगै तत्काल खटिएको प्रहरी टोलीले कुलोबाट उद्धार गरी उपचारको लागी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यसैगरी, ओखलढुङगाको मोलुङ गाँऊपालिका २ रामपुरकी ७५ बर्षीया रत्न कुमारी बिश्वकर्मा मोलुङ खोलामा डुबी मृत्यु भएको छ भने झापाको बुद्धशान्ति गाउँपालिका १ रहेको कुलोमा बुद्धशान्ति गाउँपालिका २ का १९ बर्षीय मनोज तामाङ कुलोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।
ओखलढुङगाको मोलुङ गाँऊपालिका २ रामपुरकी ७५ बर्षीया रत्न कुमारी बिश्वकर्मा मोलुङ खोलामा डुबी मृत अवस्थामा रहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली जाँदा मृत शव भेटिइको थियो ।