धर्म/संस्कृतिमनोकामना पूरा गर्ने फल नरिवल

मनोकामना पूरा गर्ने फल नरिवल

नरिवल वा श्रीफल नेपाली समाजमा धेरैजसो धार्मिक कार्यहरूमा प्रयोग हुने गरेको एउटा फल हो। मठमन्दिरमा यसलाई चढाउने प्रचलन छ। धेरैजसो भक्तजनहरू आफ्ना मनोकामना पूरा गर्न भनेर नरिवल चढाउँछन्।

नरिवललाई संस्कृतमा ‘नारिकेल’ अर्थात् ‘शुभ फल’ भनिन्छ। वैदिक शास्त्र तथा पुराणमा पनि मन्दिरमा नरिवल चढाउनुपर्ने उल्लेख गरिएको पाइन्छ। पहिलो शताब्दीमा इण्डोनेशियाबाट भित्र्याइएको यो फललाई उर्वरताको प्रतीकका रूपमा लिइन्छ।

धार्मिक विश्वासअनुसार, कुनै स्त्रीलाई सन्तानको इच्छा छ भने नरिवलको रुख रोप्नुपर्छ। नरिवलको रुख नै विनाश गर्नेलाई पनि विनाश हुने विश्वास छ। विवाह, घर निर्माणलगायत विभिन्न शुभ कार्यमा पनि यसको प्रयोग हुने गरेको पाइन्छ।

भगवानलाई नरिवल किन चढाइन्छ भन्ने कुराको पनि एउटा रोचक कथा छ। परम्परागत रूपमा मानिस नै बलि दिने चलन रहेकोमा त्यसको सट्टामा नरिवल चढाउन थालिएको हो। यसको स्वास्थ्य लाभका हिसाबले पनि महत्तव छ। नरिवलको तेल र पानीले कपाल, पेट लगायतका समस्या समाधानमा मद्दत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img