काठमाडौं – अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा प्रणाली सुरु गरेको छ।
यस प्रणालीमार्फत सेवाग्राहीले अनलाइनमा नै भिसाको लागि आवेदन दिन र शुल्क भुक्तानी गर्न सक्नेछन्।विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार यो प्रणालीले भिसा सेवालाई सरल, सहज र पारदर्शी बनाउनेछ। अब सेवाग्राहीले लामो लाइनमा बसेर पर्खनु पर्ने छैन।
उनले भने, “हामीले विभागको कार्य समय बिहान ८ देखि साँझ ८ बजेसम्म कायम गरेका छौं। साथै, कर्मचारीलाई फोन र सामाजिक सञ्जालमार्फत समेत उपलब्ध गराइएको छ।” ई-भिसाको आवेदन दिन विभागको वेबसाइट www.nepaliport.immigration.gov.np मा गएर ८ चरणे प्रक्रिया पूरा गर्नुपर्नेछ। शुल्क भुक्तानीका लागि अनलाइनका साथै निजी वालेट (इ-बैंकिङ) को प्रयोग गर्न सकिने जनाइएको छ।