Wednesday, January 15, 2025
शिक्षामहेन्द्र माध्यमिक विद्यालयको विद्यार्थीहरूको शैक्षिक भ्रमण

महेन्द्र माध्यमिक विद्यालयको विद्यार्थीहरूको शैक्षिक भ्रमण

सुनसरी / इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयबाट यहीँ फागुन २७ गते शैक्षिक भ्रमणका लागि इलामका विभिन्न ठाउँमा विद्यार्थी र शिक्षकहरू मिलेर भ्रमण गरिएको छ ।

महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी , विद्यालय व्यवस्थापनका कर्मचारी र शिक्षकहरू मिलेर कक्षा १ देखि ५ सम्म इटहरीमा रहेको तालतलैयामा भ्रमण गरिएको छ ।

कक्षा ६ लाई मोरङ बेलबारीमा पर्ने बेतना सिमसार र कक्षा ७ लाई धरानको बुढा सुब्बा मन्दिर, दन्तकाली मन्दिर , झोलुङ्गे पुल ,हात्तिसार क्यापस र पिण्डेश्वर मन्दिरमा विद्यार्थीहरूलाई गत पुस २३ गतेलगिएको थियो ।

कक्षा ८ का विद्यार्थीहरू लाई सुनसरीको शान्तिबन र बर्जुताल यहीँ फागुन २७ गते लगिएको छ भने कक्षा ९ देखि ११ कक्षा सम्मका विद्यार्थीहरू इलामको कन्याम , पाथिभरा मन्दिर र फिक्कल यहीँ फागुन २७ गते लगिएको हो त्यस्तै, कक्षा १२ लाई इलामको पशुपतिनगर कन्याम यहीँ फागुन २७ गते लगिएको हो ।

`सिकाइको साथ साथै भ्रमण पनि अनिवार्य रहेकाले सधैं कक्षा कोठामा बसेर पढ्नु भन्दा कहिले काहीँ बाहिरको परिवेश हेर्न देख्न घुम्नका लागि भ्रमण गरिएको´ महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक मेदन घिमिरेले बताउनु भएको छ ।

WhatsApp Image 2022 03 13 at 4.26.25 PM1

WhatsApp Image 2022 03 13 at 4.26.25 PM

WhatsApp Image 2022 03 13 at 4.26.24 PM2

WhatsApp Image 2022 03 13 at 4.26.24 PM1

WhatsApp Image 2022 03 13 at 4.26.24 PM

WhatsApp Image 2022 03 13 at 4.26.23 PM

WhatsApp Image 2022 03 13 at 4.25.20 PM

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img