मोरङ, २९ फागुन
डेढ वर्षीया बालिकालाई बला’त्कार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।
घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन् । उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृ’त्यु भएको थियो ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट गरेका थिए । त्यसपछि उनीहरु केरा बगानमा गई गाँ’जा सेवन गरेका थिए । गाँ’जा सेवन गरेपछि अजयले कोही नभएको मौका छोपी बालिकाको घरमा गएर बालिकालाई बनमारा झाँडीमा ल्याएको प्रहरीले जनाएको छ ।
बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगाले हानी उनीहरुले बला’त्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।