Sunday, January 19, 2025
मनोरञ्जनप्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, माफी मागेर यूट्युवबाट हटाउन चेतावनी

प्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, माफी मागेर यूट्युवबाट हटाउन चेतावनी

काठमाडौं । गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ ।

माओवादी जनयु’द्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।

गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई दे’ह व्यापारमा लगेको जसरी चित्रण हुनु द’ण्डनिय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘पीर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ञदेह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ । ’ उनले अभाव, निराश र गरिब महिलाहरुले देह व्यापार नै गर्छन ? भनेर समपुतलाई प्रश्न समेत गरेका छन् ।

यसैगरी वाईसीयल अध्यक्ष सुमन देवकाेटाले पनि गीत हटाउन चेतावनी दिएका छन् ।

यस्तै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक रहेको बताइन् । उनले उक्त दृश्य हटाउन चेतावनी दिँदै माफी माग्न समेत भनेकी छन् ।

सामाजिक सञ्जालमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको भएपनि केही माओवादी नेताहरुले भने गीतमा देखाइएको देह व्यापारको दृश्य हटाउनुपर्ने भन्दै विरोध जनाइरहेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img