शिक्षाअत्यधिक गर्मी बढेपछि ४ दिन शिक्षण संस्था बन्द हुने।

अत्यधिक गर्मी बढेपछि ४ दिन शिक्षण संस्था बन्द हुने।

जेठ, २४ महेन्द्रनगर –

भिमदत्त नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले बताए।

कञ्चनपुरमा एक सातादेखि अत्याधिक गर्मी बढेको छ। तातो हावा चल्दा घर बाहिर हिँडडुल गर्न समस्या हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img